मकवानपुर जिम्नास्टिक संघमा सुनिल गिरी

साझाकुरा
२०८० पुष २७, शुक्रबार ११:२९

हेटौंडा- मकवानपुरमा जिम्नाष्टिक संघ गठन गरिएको छ । हेटौंडाका सुनिल गिरीलाई नेतृत्व दिएर बिहीवार संघ गठन गरिएको हो ।नेपाल जिम्नास्टिक संघका कोषाध्यक्ष सुनिलमान सिंहको संयोजकत्व तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीको आतिथ्यतामा संघ गठन गरिएको थियो । मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालयमा गठन भएको संघको उपाध्यक्षमा गजेन्द्रराज गिरी, महासचिवमा रणवीर थापा, कोषाध्यक्ष अनुपकुमार लामा चयन भएका छन् ।

संघको सदस्यहरुमा विमन्न लामा, रवीन्द्र शाही, सुम्रा थापा, मनिष योञ्जन, प्रलय चौलागार्इं, भीमबहादुर देउला, राजेश तुमिङ्ग, राजेश देउला र मदन श्रेष्ठ चयन भएका छन् । कार्यक्रममा कराते प्रशिक्षक विष्णुभक्त श्रेष्ठ, संघ केन्द्रीय सदस्य श्रीप्रसाद केजु, उसु प्रशिक्षक विमला थापा, एथ्लेटिक्स प्रशिक्षक विष्णुमान श्रेष्ठलगायत खेलकुद क्षेत्रमा आवद्ध व्यक्तिको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*