जिल्लास्तरीय भलिबलमा अन्तिम आठको टुंगो

साझाकुरा
२०८० पुष २८, शनिबार ११:४६

हेटौंडा-थाहा नगरपालिका वडा नम्वर–९, स्थित चित्लाङमा जारी जिल्लास्तरीय भलिबल प्रतियोगितामा अन्तिम आठको टुंगो लागेको छ ।स्वच्छन्दभैरव युवा क्लवको आयोजनाभा भइरहेको प्रतियोगितामा ८ वटा टिम क्वाटरफाइनल पुगेका छन् । प्रतियोगिताको क्वाटरफाइनल खेलमा बज्रवाराही खेलकुद विकास समिति थाहा–६, विनयबाबु स्मृति प्रतिष्ठान, चित्लाङ खेलकुद विकास समिति ए, ग्रिन कम्यूनिटी, छहारी युवा समाज, कुमारी युवा क्लव थाहा–१०, उनीउ आग्रा र खेलकुद विकास समिति थाहा ५ प्रवेश गरेको छ ।

१५ वटा टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेताले नगद ६० हजार रुपैयाँ, उपविजेता टिमले नगद ३० हजार र तेस्रो हुने टिमले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयाजकले जानकारी दिएको छ । प्रतियोगिताको फाइनल खेल १ माघमा हुने क्लवका सचिव निर्मल बलामीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*