शिवम् सिमेन्टको १५ प्रतिशत लाभांश पारित

साझाकुरा
२०८० पुष २८, शनिबार ११:४८

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१७, स्थित उद्योग रहेको शिवम् सिमेन्ट्स लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।राष्ट्रियसभा गृहमा शुक्रबार बसेको कम्पनीको ८ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष (आव) २०७९÷८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । आव २०७९÷८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजी ४ अर्ब ४० करोडको १४ दशमलव २५ प्रतिशतका दरले ६२ करोड ७० लाख रुपैयाँ बराबरको वोनस सेयर र ० दशमलव ७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) ३ करोड ३० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।हाल कम्पनीको अधिकृत पूँजी ७ अर्ब र जारी तथा चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेकोमा १४ दशमलव २५ प्रतिशतका दरले बोनस सेयर वितरण गरेपश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा वृद्धि भई ५ अर्ब २ करोड ७० लाख रुपैयाँ कायम हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*