माओवादीको बागमतीमा साढे तीन हजार टोल कमिटी

साझाकुरा
२०८० पुष २८, शनिबार ११:५४

हेटौंडा-सत्तारुढ दल नेकपा माओवादी केन्द्रको बागमती प्रदेशमा तीन हजार ५ सय १३ वटा टोल कमिटी गठन भएको छ । जनतासँग माओवादी विशेष चार महिने रुपान्तरण अभियानअन्तर्गत टोल कमिटी गठन भएको सचिवालयले जानकारी दिएको छ ।सचिवालयको रिपोर्ट अनुसार प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी चितवनमा ६ सय ४२ वटा टोल कमिटी गठन भएको छ । सबैभन्दा कम भक्तपुरमा जम्मा १३ वटा टोल कमिटी गठन भएको छ । यस्तै सिन्धुलीमा ३ सय ५४, ललितपुर १ सय १५, काठमाडौंमा २ सय ७५, काभ्रेमा ४ सय ३८, दोलखामा ३२, धादिङमा ३ सय ६९, नुवाकोटमा २ सय २३ टोल कमिटी गठन भएको छ ।

रसुवामा ४९, मकवानपुर ४ सय ३१, रामेछाप २ सय १५ र सिन्धुपाल्चोकमा ३ सय १३ वटा टोल कमिटी गठन भएको सचिवालयले जनाएको छ ।यसैगरी, पार्टी रुपान्तरण अभियान अन्तर्गत बागमती प्रदेशका १३ जिल्लामा १ सय ५२ वटा भेला भएको छ । जसमध्ये सिन्धुलीमा १० वटा, ललितपुरमा ९ वटा, काठमाडौंमा ४९ वटा, काभ्रेमा ३० वटा, दोलखामा ८ वटा, नुवाकोटमा १७ वटा, भक्तपुरमा ६ वटा, रामेछापमा १० वटा र सिन्धुपाल्चोकमा १५ वटा भेला भएको सचिवालयले जनाएको छ । बाँकी जिल्लाको रिर्पोट आउन र अद्यावधिक नभएको सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*