सोलिड्यारिटीको ३१ औं अभिभावक भेला

साझाकुरा
२०८० पुष २८, शनिबार ११:५६

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१०, स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीको ३१ औं अभिभावक दिवस तथा भेला शुक्रबार हेटौंडामा भएको छ ।हेटौंडा–१० का वडाअध्यक्ष फूर्वादोर्जे लामाले निजी विद्यालयमा अध्ययनरत् विद्यार्थीले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको बताए । राज्यले गर्नुपर्ने काम निजी क्षेत्रका विद्यालयले गरिरहेको उनको दाबी थियो । राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णप्रसाद घिमिरेले सोलिड्यारिटी विद्यालयले शैक्षिक क्षेत्रमा राम्रो योगदान पु¥याएको चर्चा गरे । कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य मदनकुमार दाहालले विद्यालय तह कक्षा १२ को पढाइ सकेपछि अहिले नाम चलेका क्याम्पसहरु सञ्चालन गर्न पनि समस्या भइरहेको बताए ।

कार्यक्रममा सोलिड्यारिटीको वर्ष शिक्षकबाट लक्ष्मी महर्जनलाई सम्मान गरिएको छ । विद्यालयले उज्यालो नेटवर्ट मकवानपुरका संवाददाता तथा जनपत्र डटकमका प्रधान सम्पादक हरि हुमागाईंलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको छ । शैक्षिकक्षेत्रमा कलम चलाएको भन्दै उनी सम्मानित भएका हुन् । विद्यार्थी रोविना भण्डारी, नेरियस सुब्बा, चाँदनी डोल्मा तामाङ, रुही बलामी, युनिशा राउत, ग्रेसी कार्कीलाई सम्मान गरिएको छ ।विद्यार्थी र अभिभावकलाई सँगै राखेर सम्मान गरिएको थियो । कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष ऋषिराम आचार्यको सभाध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*