राप्रपा नेपाल मकवानपुरको चियापान

हेटौंडा-३०२ औँ पृथ्बीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा कमल थापा नेतृत्वको राप्रपा नेपाल मकवानपुरले चियापान कार्यक्रमको आयोजना गरेको छ । जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य गणेश थापाको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा बोल्दै थापाले घुस लिने र दिने दुवै मुलुकको सत्रु भएको बताए । उनले पृथ्बीनारायण शाहले पु¥याएको योगदानको उच्च कदर गरे । कार्यक्रममा नगरअध्यक्ष प्रेमलाल श्रेष्ठ, जिल्ला अध्यक्ष सापकोटा लगायतले राष्ट्र निर्माता पृथ्बीनारायण शाहको योगदानबारे चर्चा गरेका थिए । कार्यक्रममा राप्रपा नेपालका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको सचिव भृगु कार्कीले जानकारी दिए । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तिको अवसरमा हेटौंडाको बुद्धचोकमा दीपप्रज्वलन गरिएको थियो ।