अन्तरपालिका रनिङशिल्ड फुटसल प्रतियोगिता सुरु

साझाकुरा
२०८० पुष २९, आईतवार ११:०१

हेटौंडा- मकवानपुरगढी खेलकुद विकास समितिको आयोजनामा सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति अन्तरपालिका स्तरीय रनिङशिल्ड फुटसल प्रतियोगिता सुरु भएको छ । समितिका अध्यक्ष हीरा स्याङ्तानको अध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा प्रतियोगिता सुरु गरिएको हो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामास्याङ्तान, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन, वडा २ का वडाध्यक्ष बखानसिं पाख्रिन, वडा नम्बर १ का अध्यक्ष आइतसिं लो, वडा–३ का वडाध्यक्ष भागवत घिमिरे, वडा ४ का अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, वडा सदस्यहरु, सहिद रुद्र पाख्रिन बाटिकाका संरक्षक भीम पाख्रिन, फुटबल संघ प्रदेश महासचिव लवराज ठकुरी, जिल्ला खेलकुद विकास समितिका प्रमुख माधव कोइराला, गाउँपालिका शिक्षा शाखाप्रमुख राम घलान, राजनितिक दलका प्रतिनिधि लगायत विभिन्न सामाजिक संस्थाका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

तीन दिनसम्म चल्ने प्रतियोगिताको खेलतालिका सार्वजनिक गर्दै शनिबारबाट खेल सुरुभएको समितिका संयोजक स्याङ्तानले बताए । प्रतियोगिता माघ १ गते समापन हुनेछ । प्रतियोगिताका लागि सातवटा टिमले नाम दर्ता गराएका छन् । दुई समूहमा विभाजन गर्दै खेलतालिका सार्वजनिक गरिएको छ । समूह ‘ए’ तर्फ हेटौंडा फुटबल एकेडेमी, आयोजक मकवानपुरगढी खेलकुद विकास समिति, बागमती गाउँपालिका र थाहा नगरपालिका रहेको संयोजक स्याङ्तानले बताए । त्यस्तै समूह ‘बी’ तर्फ मकवानपुरगढी गाउँपालिका, हेटौंडा उपमहानगरपालिका ‘ए’ र ‘बी’ रहेको छ ।

लिग चरणमा हुने प्रतियोगिता माघ १ गते फाइनल प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले एक लाख २५ हजार प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा विधागत खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिता मक्रान्चुलीको फुटसल खेल मैदानमा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*