परिचय साकोसद्वारा सदस्यलाई १० करोड २८ लाख कर्जा प्रवाह

साझाकुरा
२०८० पुष २९, आईतवार ११:१३

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–२ मा अवस्थित परिचय बचत तथा ऋण सहकारी संस्थाले आव २०७९÷८० मा आफ्ना शेयर सदस्यलाई १० करोड २८ लाख ७१ हजार ८४६ रुपैयाँ कर्जा लगानी गरेको छ ।शनिबार संस्थाको १४ औं वार्षिक साधारणसभा गर्दै १४ करोड २५ लाख ४९ हजार ६५२ रुपैयाँको कारोबारको प्रतिवेदन प्रस्तुत गरिएको थियो । तीन करोड २५ लाख ३० हजार एक सय शेयरपुजीँ रहेको सहकारीमा २१ लाख ६ हजार ६६१ रुपैयाँ जगेडा कोष रहेको संस्थाका व्यवस्थापक सुशान्त तिमल्सिनाले बताए । उनका अनुसार संस्थामा १० करोड १० लाख २६ हजार ५०७ रुपैयाँ बचत निक्षेप रहनुका साथै ४७४ जना शेयर सदस्य रहेका छन् ।

संस्थाका अध्यक्ष दीपक तिमल्सिनाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । सभामा हेटौंडा उपमहानगरका सहकारी शाखाप्रमुख हिमप्रसाद पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीनाकुमारी चौरेल, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल, टिपिकल साकोसका अध्यक्ष अजय अग्रवाल, लेखा समिति संयोजक विष्णुप्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

सभाको अवसरमा विभिन्न विधामा सदस्यलाई पुरस्कृत गरिएको छ । उत्कृष्ट कर्मचारीतर्फ बजार प्रतिनिधि दीपक अर्याल, असल कारोबारीतर्फ विष्णु पुडासैनी, ओमप्रकाश खतिवडा, निरज गुरुङ, उत्कृष्ट परिचय नारी बचततर्फ पूर्णिमा खड्कालाई पुरस्कृत गरिएको थियो । त्यस्तै, उत्कृष्ट परिचय आवधिक बचततर्फ प्रमिला दली र मातृका काफ्ले, व्यावसायिक बचततर्फ कुशल पोखरेल, अमोद बानियाँ, सुजिन घिमिरे, बोनस बचत लखपति बचततर्फ पुष्पराज गौतम, ज्ञानुमाया तामाङ र राजुकुमार बानियाँ, विशेष बालबचततर्फ श्रद्धा दाहाललाई पुरस्कृत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*