डाक्टर खड्का राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित

साझाकुरा
२०८० पुष २९, आईतवार ११:१५

हेटौंडा-हेटौंडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. हरिबहादुर खड्का स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८० बाट सम्मानित भएका छन् ।डा. शशांक कोइराला र बागमती प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशीले डा. खड्कालाई सम्मानपत्र प्रदान गरेका छन् । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लिको आठौं वार्षिकोत्सवको अवसरमा शनिवार आयोजित कार्यक्रममा चिकित्सक, पत्रकारसहित २५ जनालाई सम्मान गरेको हो ।

अवार्डबाट सातै प्रदेशका १३ जना चिकित्सक, पांँचजना पत्रकार, पांँचजना स्वास्थ्यकर्मी र दुईवटा स्वास्थ्य संस्थालाई सम्मानित गरेको हो ।सम्मानित हुनेमा चिकित्सकतर्फ डा.खड्कासहित प्रा.डा पशुपति चौधरी, प्रा.डा रामनरेश पण्डित, डा. निलम चौरासिया, प्रा.डा राजेन्द्रप्रसाद कोजु, प्रा.डा लोकबहादुर सेंढाई, डा. सरु थापा न्यौपाने रहेका छन् । सम्मानित हुनेमा डा. प्रदेश घिमिरे, डा.गुरुशरण शाह, डा.योगेन्द्र अग्रहरी, डा.अखण्ड उपाध्याय, डा. प्रमोद जोशी र डा. नरबहादुर मौनी रहेका छन् ।

सम्मानित हुने पत्रकाहरुमा बरिष्ठ पत्रकार गणशेखर शर्मा, रामराज पोख्रेल, स्वास्थ्य पत्रकार पूर्णिमा डंगोल शाक्य, वरिष्ठ पत्रकार दीपकजंग हमाल र महेन्द्रराज श्रेष्ठ रहेका छन् । अवार्डबाट सम्मानित हुनुे स्वास्थ्यकर्मीमा बालकृष्ण गौतम, ईश्वरीप्रसाद भुषाल, दीपेन्द्र कार्की, मेघराज बलामी र सुरेशकुमार अधिकारी रहेका छन् । यस्तै अवार्डबाट सम्मानित हुने दुई स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा निर्देशनालय बर्दिया अस्पताल, बर्दिया र बुलिंगटार गाउंँपालिकाको कार्यालय, नवलपुर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*