कार्यकर्ताको सहयोगबाट पार्टी कार्यालय निर्माण

साझाकुरा
२०८० माघ २, मंगलवार १२:३२

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–८, स्थित कमानेमा नेकपा एमालेको आफ्नै पार्टी कार्यालय निर्माण गरिएको छ । कार्यकर्ताबाट सहयोग उठाएर भवन बनाइएको हो ।आफ्नै जग्गामा पार्टी वडा कमिटीको कार्यालय निर्माणगरिएको हो । एमालेका संगठित सदस्य, साधारण सदस्यहरु, शुभचिन्तकको सहयोगमा पार्टी कार्यालय भवन निर्माण गरिएको भवन निर्माण समितिका संयोजक एमाले जिल्ला कमिटीका सदस्य कुमार केसीले जानकारी दिए । कुल २५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको पार्टी कार्यालय भवनमा एउटा हल, कार्यालय कोठा, शौचालय निर्माण गरिएको उनले बताए ।

पार्टी कार्यालय भवन निर्माणका लागि ढुंगा, गिट्टी, इट्टा, बालुवा, सिमेन्ट, रडलगायतका निर्माण सामग्रीको सहयोग गरेको केसीले जानकारी दिए । भवन निर्माण गर्नका लागि करिब ६ महिना लागेको थियो । मकवानपुरमा एमालेको आफ्नै जिल्ला पार्टी कार्यालय छ । तर, १० वटै स्थानीय तहको पालिका कमिटी र सबै वडा कार्यालयको आफ्नै भवन भने छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*