मकवानपुरसहित १० जिल्लामा दुर्गमका चिकित्सकलाई प्रोत्साहन भत्ता

साझाकुरा
२०८० माघ २, मंगलवार १२:४४

हेटौंडा- बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले सुदृढ स्वास्थ्यसेवाको लक्ष्य लिएर दुर्गमक्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरबाहेकका १० जिल्लामा कार्यक्रम सञ्चालन गरिने भएको छ । दुर्गमक्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन कार्यक्रम मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीमा कार्यान्वयन हुने भएको छ । प्रदेश सरकारले स्वास्थ्य सेवामाथि नागरिकको पहुँच वृद्धिसँगै विशिष्टीकृत सेवा सहजरुपमा प्रदान गर्न नयाँ कार्यक्रम ल्याएको जनाएको छ । नागरिकलाई प्रादेशिक अस्पतालबाट गुणस्तरीय र विशेषज्ञ स्वास्थ्यसेवा प्रदान गर्न विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन भत्ता प्रदान गरिने जनाइएको छ ।

दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन कार्यक्रम लागु भएका प्रदेशका अस्पतालका विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन सुविधा बापत भत्ता प्रदान गरिने छ । प्रदेश सरकारले चालु आवका लागि कार्यक्रम कार्यान्वयन गर्न पाँच करोड रुपैयाँ विनियोजन गरेको छ ।विशेषज्ञ चिकित्सकले प्रदेशका अस्पतालबाट सेवाप्रदानगरेको आधार दाबी आएपछि भत्ताबापतको रकम निकासा हुनेछ । विशेषज्ञ चिकित्सक प्रोत्साहन सुविधाको दर भौगोलिक स्थान र न्यूनतम सेवा मापदण्डको अंकका आधारमा फरक रहेको छ ।रसुवा, दोलखा र रामेछाप, नुवाकोट, सिन्धुली, धादिङ, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक तथा चितवन र मकवानपुरको गरी तीन वर्गमा जिल्लालाई प्रोत्साहन सुविधा दिन विभाजन गरिएको छ । महिनाको २६ कार्यदिन रुजु हाजिर भई कामकाज गरेका विशेषज्ञ चिकित्सकलाई शतप्रतिशत सुविधा उपलब्ध गराउनुपर्ने र २६ कार्यदिनभन्दा कम कार्यदिन हाजिर भई कामकाज गरेकोमा प्रतिदिन ३.५ प्रतिशतका दरले कट्टा गरेर बाँकी रकम विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन सुविधा प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रादेशिक अस्पतालमा गएर काम गर्न प्रोत्साहित गर्न, मनोबल बढाउन, प्रादेशिक अस्पतालको सेवा स्थायित्व कायम राख्न र स्वास्थ्यसेवा प्रवाहमा थप जिम्मेवार बनाउन विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन आवश्यक भएको मन्त्रालयको जिकिर छ । प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले चिकित्सक दुर्गम क्षेत्रमा जानै नमान्ने र गए पनि लामो समय नबस्दा नागरिकले सामान्य स्वास्थ्य सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था रहेकाले पहिलो पटक विशेषज्ञ चिकित्सक प्रोत्साहन कार्यक्रम ल्याएको जानकारी दिए । उनले प्रादेशिक अस्पतालबाट गुणस्तरीय र विशेषज्ञ सेवा
नागरिकलाई सहज रुपमा दिन कार्यव्रmम ल्याइएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*