८ ‘ए’ साइड फुटबलको सेमिफाइनलमा हुप्रा सिटी र कर्णावती

साझाकुरा
२०८० माघ ३, बुधबार ११:५१

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–८ कमानेमा जारी ८ ‘ए’ साइड फुटबल प्रतियोगितामा मंगलबार भएको खेलबाट हुप्रा सिटी र कर्णावती सेमिफाइनल प्रवेश गरेको छ ।हेटौंडा–८ कमानेस्थित चन्द्रोदय माविको खेलमैदानमा माघ २ गते भएको क्वाटरफाइनल खेलमा जीत निकाल्दै हुप्रा र कर्णावती सेमिफाइनल प्रवेश गरेको हो । मंगलबार भएको पहिलो खेलमा हुप्रा सिटीले देवनगर एफसीलाई र आयोजक कर्णावतीले कालिकामाईलाई पराजित गरेका हुन् । हुप्रा सिटीले देवनगरलाई १–० गोल अन्तरले हराउदै सेमिफाइनल यात्रा तय गरेको हो भने कर्णावतीले कालिकामाईलाई १–० गोल अन्तरले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

यसैगरी माघ ३ गते बुधबार पनि क्वाटरफाइनल अन्तरगत २ खेल हुने भएको छ । प्रतियोगिता अन्तरगत बुधबारको पहिलो क्वाटरफाइनल दिउँसो १ बजे समाज कल्याण र रामनगर युवा क्लबबीच हुनेछ भने दोस्रो खेल दिउँसो ३ बजे फायरलाइन एफसी र मर्निङ स्टारबीच हुने आयोजकले जानकारी दिएको छ ।कर्णावती युवा क्लबको आयोजना भएको ८ ‘ए’ साइड नकआउट फुटबल प्रतियोगितामा १५ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिता उपाधि विजेता टिमले नगद ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*