माओवादी केन्द्र हेटौंडा–१२ को नेतृत्वमा पोखरेल

हेटौंडा-नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका–१२ वडा कमिटीको नेतृत्वमा रामहरि पोखरेल चयन भएका छन् । बुधबार भएको वडा कमिटीको दोस्रो वडा सम्मेलनबाट पोखरेललाई अध्यक्षमा सर्वसम्मत् चयन गरिएको हो । उपाध्यक्षमा अष्ट घलान, नवराज घलान, रविनकुमार प्रजा, सचिवमा माधवप्रसाद घिमिरे सहसचिव अञ्जु थिङ, औतरसिं गोले, कोषाध्यक्षमा लिलाकुमारी विक चयन भएका छन् । सदस्यहरुमा तुलाराज थिङ, घेसेदोर्जे बल, हरि पौडेल, भगवान अर्याल, शान्ता रुम्बा, रमिता बराल, सुनमाया दोङ, यशोदा खनाललगायत ३५ सदस्यीय वडा कमिटी चयन भएको हो । सम्मेलनबाट छिरिङ लामाको नेतृत्वमा ११ सदस्यीय माओवादी केन्द्रको युवा संगठन वाइसीएल वडा कमिटी चयन भएको छ । पार्वती घलानको नेतृत्वमा १७ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी वडा कमिटी चयन भएको छ ।
सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, बागमती प्रदेश कमिटी उपाध्यक्ष तथा बागमति प्रदेश सांसद प्रेमबहादुर पुलामी (छिन्तु), बागमती प्रदेश कमिटी सचिवालय सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, बागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा हेटौंडा उपमहानगर इन्चार्ज विवेक राई, अध्यक्ष तीर्थ थापामगरसहितको उपस्थिति थियो । सम्मेलन माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा भएको हो ।