जनक माविले जित्यो शिक्षक भलिबलको उपाधि

साझाकुरा
२०८० माघ ८, सोमबार १०:५४

हेटौंडा-नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरको आयोजनामा भएको जिल्लास्तरीय रनिङ शिल्ड शिक्षक भलिबल प्रतियोगिताको उपाधि बकैयाको जनक मावि भिरकोटले जितेको छ ।फाइनल खेलमा हेटौंडाको जिएस निकेतन विद्यालयलाई २५–१४, २५–१९, १८–२५ र २५–१५ को सेटले पराजित गर्दै जनकले उपाधि चुमेको हो । प्रतियोगिताको उपाधि विजेता जनकले २५ हजार रुपैयाँ, उपविजेता जिएसले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।

प्रतिनिधिसभा सदस्य तथा नेकपा एमाले बागमती प्रदेशका सचेतक महेश बर्तौलाले विजेता टिमलाई पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा जनता मावि फापरबारी र नाटेश्वर मावि चित्लाङ सान्त्वना हुन सफल भएको छ । माघ ४ गतेदेखि थाहा नगरपालिकाको नाटेश्वर माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा सामूदायिक तथा संस्थागत गरी २० वटा विद्यालयले सहभागिता जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*