बागमतीको जितमा हेटौंडाका रिजनले लिए एउटै खेलमा पाँच विकेट

साझाकुरा
२०८० माघ ९, मंगलवार १०:३३

हेटौंडा-बायाँ हाते तीव्र गतिका बलर हेटौंडाका रिजन ढकालको उत्कृष्ट बलिङमा बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ७ विकेटको फराकिलो अन्तरले हराएको छ ।माथिल्लो मूलपानी क्रिकेट मैदानमा ७९ रनको सामान्य लक्ष्य बागमतीले १३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । बागमतीका इशान पाण्डेले ४० रन बनाए । रविन जोशी १६ रनमा नट आउट रहे । यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कर्णाली रिजनको घातक बलिङमा २४.२ ओभरमा ७८ रनमा अल आउट भएको थियो ।

कर्णालीका विकेटकिपर अर्जुन घर्तीले १९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २३ रन बनाए । निश्चल रावल ४१ बलमा ३ चौकासहित १३ रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर रविन्द्र शाही ३, दीपेन्द्र रावत १, विपिन शाही ६, आदित्य शाह १ र हिमान्शु शाही ६ रनमा आउट भए ।बागमतीका रिजन ढकालले ७ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए । कृर्जन गुरुङले २, प्रतिश जी.सी, सूर्य तामाङ र विपिन आचार्यले १–१ विकेट लिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*