विद्यालयस्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुने

साझाकुरा
२०८० माघ ९, मंगलवार १०:३५

हेटौंडा- हेटौंडामा स्व. निरज श्रेष्ठ स्मृति विद्यालय स्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । माघ २० गतेदेखि सुरु हुने यो प्रतियोगिता दोस्रो संस्करण भएको मकवानपुर क्रिकेट संघले जनाएको छ ।संघले सोमबार पत्रकार सम्मेलन गर्दै हेटौंडा–४ हुप्रचौरमा हुने खेलमा जिल्लाका संस्थागत तथा सामुदायिक गरी १६ वटा विद्यालय सहभागी हुने क्रिकेट संघ बागमती प्रदेश सदस्य तथा कार्यक्रम संयोजक सञ्जोग पोखरेलले जानकारी दिए । प्रतियोगिताको प्रथम र द्वितीय हुने टिमलाई नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट बलर, म्यान अफ द सिरिजलाई नगद सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने बताइएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिने रप्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु छनोट गरी अण्डर १६ जिल्ला टिमको निर्माण गरी प्रशिक्षण गराउने तयारी समेत रहेको क्यान मकवानपुरका अध्यक्ष करन महत्राक्षेत्रीले बताए ।११ दिनसम्म चल्ने प्रतियोगितामा २७ खेल हुनेछ ।

प्रतियोगिताका लागि अनुमानित ५ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको क्रिकेट संघ मकवानपुरका सचिव तथा राष्ट्रिय एम्पायर बिनोद कुमार बानियाँले जानकारी दिए । मकवानपुर क्रिकेटका पूर्वकप्तान स्वर्गीय श्रेष्ठको ब्लड क्यान्सरका कारण उपचारको क्रममा २०७५ सालमा निधन भएको थियो । जिल्लाको क्रिकेट विकासमा श्रेष्ठले दिएको योगदानको कदर गर्दै उनको स्मृतिमा प्रतियोगिता गरिएको जिल्ला अध्यक्ष क्षेत्रीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*