नर्सिङ दिवसको अवसरमा प्रजननस्वास्थ्य शिविर

साझाकुरा
२०८० माघ ११, बिहीबार १०:०२

हेटौंडा- हेटौंडामा नर्सिङ दिवसको अवसरमा प्रजननस्वास्थ्य शिविर संचालन गरिएको छ । हेटौंडा उपमहानगरपालिका–१५ चुरीयामाईमा राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर प्रजननस्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा नेपाल नर्सिङ संघ मकवानपुरले आयोजना गरेको प्रजनन् स्वास्थ्य (भिआइए) परीक्षण गरिएको हो । शिबिरमा हेटौंडा–१५ चुरीयामाईका १ सय ५७ जनाले सुबिधा लिएका थिए । शिविरमा आएकामध्ये ८७ जनाको (भिआइए) परीक्षणमा ४ जनामा समस्या देखिएको संघका अध्यक्ष गंगाकुमारी दाहालले जानकारी दिइन् ।

बुधबार बिहानबाट सुरु भएको शिविरले महिलालाई परेको समस्या गाउँमै पुगेर निराकरणको प्रयास भएको अध्यक्ष दाहाले बताइन् । एकदिन सञ्चालन भएको शिविरको हेटौंडा उपमहानगरपालिका नगरप्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । शिविरको उद्घाटन गर्दै नगरप्रमुख लामाले आफूलाई परेको स्वास्थ्य समस्या नलुकाउन आग्रह गरिन् । समस्या लुकाउँदा पछि आफैलाई समस्या हुने भन्दै परिवारसँग खुलेर कुरा गर्दै रोगबाट बच्न सुझाब दिइन् ।

घरमा भन्न नसक्दा घेरै महिला रोगको शिकार भएको भन्दै समस्या बताउनका लागि उपमहानगरपालिकाले गाउँगाउँमा यस्ता शिविर सञ्चालनका लागि सहकार्य गरेको बताइन् । संघ मकवानपुरका अध्यक्ष गंगाकुमारी दाहालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौंडा–१५ का वडाअध्यक्ष सुनिल मोक्तान, चुरियामाई स्वास्थ्यचौकी प्रमुख धनेश्वर शाह, हटिया अस्पतालका प्रमुख अनन्त बास्कोटा, चुरियामाई माविका प्रधानाध्यापक भीमसेन तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*