अञ्जनले संकटाबाट आहारारा गोल्डकप खेल्ने

साझाकुरा
२०८० माघ १३, शनिबार ११:५५

हेटौंडा- नेपाली राष्ट्रिय टिमका स्टार हेटौंडेली अञ्जन विष्टसहित केही नाम चलेका खेलाडीले संकटा क्लबबाट २३ औं आहारारा पोखरा गोल्डकप खेल्ने भएका छन् ।अञ्जनसहित मिडफिल्डर लकेन लिम्बु, गोलकिपर दीप लिम्बु लगायत खेलाडीसहित आहारारा पोखरा गोल्डकपको उपाधि रक्षा गर्ने लक्ष्यका साथ संकटा पोखराआएका छन् । अञ्जन र लकेनले केही समयअघि सम्पन्न नेपाल सुपर लिग झापा एफसीबाट एकसाथ खेलेका थिए । यस्तै यसअघि भएको गत सिजनको ए डिभिजन लिगमा अन्जनले चर्च ब्वाइजबाट खेलेका थिए भने लकेनले थ्रीस्टार क्लबबाट खेलेका थिए । यस्तै दीप कार्कीले वीरगंज युनाइटेडबाट एनएसएल खेलेका थिए ।

यसैगरी संकटाको अन्य खेलाडीमा राष्ट्रिय टिममा युवा मिडफिल्डर आयुष घलाल, राष्ट्रिय टिमबाट खेलिसकेका सुमित श्रेष्ठ र सुरजज्यु ठकुरी पनि छन् । यस्तै विदेशी खेलाडी फोडे फोफाना, स्टेफेन र जिन एनिसेट एमबोउमी पनि संकटाको टिममा छन् । फोडे र स्टेफेनले धनगढी एफसीबाट एनएसएल खेलेका थिए । संकटाको प्रशिक्षकमा रविन्द्र शिलाकार छन् भने अजय महर्जन गोलकिपर प्रशिक्षक छन् । साविक विजेता संकटाले यस सिजन सीधै क्वाटरफाइनलमा त्रिभुवन आर्मी एफसीसँग खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*