साइक्लिङ संघमा पुनः श्रेष्ठ

साझाकुरा
२०८० माघ १४, आईतवार ११:३०

हेटौंडा- मकवानपुर जिल्ला साइक्लिङ संघको अध्यक्षमा पुनः संगीत श्रेष्ठ चयन भएका छन् । शनिबार हेटौंडामा भएको संघको दोस्रो साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ समिति बनेको हो ।समितिको कार्यकाल ४ वर्षे हुनेछ । संघको उपाध्यक्षमा राजीव खड्गी, सचिवमा राजु पौडेल, कोषाध्यक्षमा रुपकराज मानन्धर चयन भएका छन् । यसैगरी सदस्यमा चन्द्रकुमार मानन्धर, विकास ताम्राकार र राजकुमार मिश्र रहेका छन् ।

संघको पहिलो बैठकबाट दुइजना सदस्य पदमा पछि मनोनित गर्ने अध्यक्ष श्रेष्ठले बताए ।जीवन तिमल्सिनाको संयोजक रहेको सूर्य थापा र रमेश बहादुर थापाको निर्वाचन मण्डलले नयाँ समिति चयनको लागि सहजीकरण गरेको संघले जनाएको छ । श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्कीको प्रमुख आतिथ्यता रहेको थियो । संघमा ४६ जना सदस्य आबद्ध भएता पनि शनिबार भएको साधारणसभामा ३९ जना सदस्यको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*