बागमती प्रदेश ६ विकेटले विजयी

साझाकुरा
२०८० माघ १४, आईतवार ११:३२

हेटौंडा- प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनीलाई ६ विकेटले पराजित गरेको छ । लुम्बिनी प्रदेशले दिएको १०७ रनको सामान्य लक्ष्य बागमतीले १७.२ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो ।बागमतीका लागि इशान पाण्डेले ५० रन, कप्तान रित गौतमले २४, आशुतोश घिरैयाले १४, रविन जोशीले ७ र रन बनाए भने १२ रन अतिरिक्त पायो । लुम्बिनीका निर्मल गुरुङले २, कृष्ण कार्की र अभिषेक गौतमले एक÷एक विकेट लिए । यसअघि कीर्तिपुरको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ३२.२ ओभरमा अलआउट हुँदै १०६ रनमात्रै बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान सुशान्त थापाले २८, निर्मल गुरुङले २७, प्रज्वल थापाले १४, विराट भण्डारीले १३, रन बनाए । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा बागमतीका सूर्य तामाङ एक्लैले ६ विकेट लिए भने विपिन आचार्यले २ तथा प्रतिज जिसी र क्रिजन गुरुङले एक÷एक विकेट लिए ।यो जितसँगै बागमतीले सबै ९ खेल खेलेर बागमतीले १२ अंक जोडेर दोस्रो स्थानमा छ । नेपाल प्रहरी क्लबको पनि १२ अंक छ । तर, रनरेटका आधारमा पहिलो स्थानमै कायम छ । ६ खेलबाट २ अंक जोडेको लुम्बिनी नवौं स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*