क्याम्पाडाँडामा ज्ञानमहायज्ञको तयारी

साझाकुरा
२०८० माघ १४, आईतवार ११:३७

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–७ क्याम्पाडाँडामा श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञ हुने भएको छ । फागुन ४ गतेबाट सुरु हुने महायज्ञ १२ गतेसम्म सञ्चालन हुनेमहायज्ञ मुल समारोह समितिका संयोजक प्रकाश पौडेलले बताए । महायज्ञमा एक हजार ८ स्वामी देवराज आचार्य र अच्युत प्रपन्नाचार्य स्वामीले कथा वाचन गर्ने भएका छन् । श्रीराम पाञ्चायन धाम नेपालको आयोजनामा हुन लागेको महायज्ञमा प्रकाश पौडेलको संयोजकत्वमा मूल समारोह समिति गठन गरी आवश्यक तयारीका लागि अघि बढिएको जनाइएको छ ।

महायज्ञमा २५ लाख खर्च हुने अनुमान आयोजकको रहेको छ भने एक करोड ५० लाख दान संकलन हुने अपेक्षा राखिएको छ । महायज्ञ पश्चात मन्दिर स्थापना गर्नुका साथै मन्दिर परिसरमा वाचनालय निर्माण, भोजनालय निर्माण गरिने संयोजक पौडेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*