वक्तृत्वकलामा सपना प्रथम

साझाकुरा
२०८० माघ १४, आईतवार ११:४३

हेटौंडा-शहीद सप्ताहअन्तर्गत हेटौंडा–११, स्थित शहीद स्मारकमा आयोजना गरिएको वक्तृत्वकलामा सपना बर्तौला प्रथम भएकी छिन् ।मदन भण्डारी फाउन्डेसन मकवानपुरको ब्यबस्थापनमा शहीद स्मारक विकास समितिले शहीद दिवसको अवसरमा शनिबार आयोजना गरेको वक्तृत्वकलामा हेटौंडा–१९ की बर्तौला प्रथम भएकी हुन् । कार्यक्रममा हेटौंडा–५ की आकाङ्क्षा निरौला द्वितीय, हेटौंडा–४ की दर्शना सापकोटा तृतीय भइन् । हेटौंडा–९ की अभिप्सा पौडेलले सान्त्वना भइन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना भइ उनीहरुले क्रमशः १० हजार, ७ हजार, ५ हजार र १ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

वक्तृत्वकलाका लागि १६ जनाले सहभागिता जनाएकाथिए । घनश्याम घिमिरे, भावना सपकोटा र अमृत बर्तौला निर्णायकमा रहेका थिए । कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा शहीद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलले शहीदका सपना साकार पार्न सबैको भूमिका अपरिहार्य रहने बताए । कार्यक्रमका सहभागीलाई शनिबार नै प्रमाणपत्र वितरण गरिएको थियो भने बिजेतालाई माघ १५ गते पुरस्कारसहित प्रमाणपत्र बितरण गरिने आयोजकले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*