नगरस्तरीय फुटबल उपाधि ७ नम्बर वडाले जित्यो

साझाकुरा
२०८० माघ १५, सोमबार १२:४९

हेटौंडा- थाहा–७ नम्बर वडाले थाहा नगरस्तरीय अन्तर वडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ७ नम्बर वडाले वडा नम्बर १ लाई २–१ गोल अन्तरले पराजित गरी उपाधि हात पारेको हो ।प्रतियोगिताको विजयी टिमले नगद १ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । उपविजेता थाहा नगरपालिका वडा नम्बर १ ले नगद ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पाएका थिए । प्रतियोगितामा उत्कृष्ट गोलकिपर थाहा–१ को प्रचण्ड गोपाली भए भने उत्कृष्ट खेलाडी वडा नम्बर १ कै टिम क्याप्टेन रोहित श्रेष्ठ घोषित भए । त्यस्तै सबैभन्दा बढि गोलकर्ता खेलाडी ७ नम्बर वडाका शुभराज घोले घोषित भए । त्यस्तै म्यान अफ द म्याच थाहा ७ का असिम तामाङ घोषित भएको सुनिल श्रेष्ठले जानकारी दिए ।

थाहा नगरपालिका वडा नम्बर ९ को खेल मैदानमा १० माघबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल १३ माघमा भएको थियो । प्रतियोगितामा ११ वटा टिमको सहभागिता रहेको थियो । १२ वटा वडा रहेको थाहानगरमा ५ नम्बर वडाको तर्फबाट प्रतियोगितामा सहभागिता हुन सकेको थिए । पुरस्कार वितरण समारोहमा थाहा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजनभक्त श्रेष्ठ, ७ नम्बर वडाका अध्यक्ष शिवराज थिङ तथा वडा नम्बर ९ का वडाध्यक्ष राजकुमार बलामीलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*