बागमती गोल्डकपको फाइनलमा एपीएफ

साझाकुरा
२०८० फाल्गुन ९, बुधबार ०८:३५

हेटौंडा–मकवानपुर जिल्लाको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा शसस्त्र प्रहरीको फुटबल क्लब एपीएफ फाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताअन्तर्गत मंगलबारको दोस्रो सेमिफाइनलमा त्रिभुवन क्लबलाई १–० गोल अन्तरले पाखा लगाउँदै एपीएफले फाइनलमा स्थान बनाएको हो । बागमती गाउँपालिका फापरवारीस्थित जनता माविको खेलमैदानमा एपीएफले पहिलो हाफको ४ औं मिनेटमा गोलगर्दै अग्रता बनाएको थियो । एपीएफको तर्फबाट फोडेफोफनाले गरेको १ गोल नै खेलको निर्णायक गोल रह्यो ।

अब फाइनलमा एपीएफले मच्छिन्द्रसँग भिड्ने छ । प्रतियोगिताअन्तर्गत सोमबार भएको पहिलो सेमिफाइनलमा न्युरोड टिम (एनआरटी) लाई सहज जीतका साथ मच्छिन्द्रले फाइनल प्रवेश गरेको हो । मंगलबार भएको सेमिफाइनल खेलको म्यान अफ द म्याच एपीएफका बुद्धीमान राई घोषित हुदै नगद १० हजार प्राप्त गरे ।

प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ वटा ए डिभिजन र तीनवटा मोफसलका गरी १० टिमको सहभागिता जनाएको बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*