खाना पकाउने अयोग्य सिलिण्डर नष्ट

साझाकुरा
२०८१ बैशाख १२, बुधबार ११:१४

हेटौंडा- चितवन जिल्लास्थित नेपाल ग्यास उद्योग (गण्डकी) ले खाना पकाउने ग्यासका अयोग्य सिलिण्डर नष्ट गरेको छ । उद्योगले ३१३ वटा अयोग्य सिलिण्डर नष्ट गर्न लागेको उद्योगका कार्यालयप्रमुख जीवन छत्कुलीले जानकारी दिए ।पुरानो तथा प्रयोग गर्न नमिल्ने सिलिण्डरको ‘हाइड्रोस्ट्याटिक टेष्ट’ गरी उपभोक्ताको सुरक्षालाई ध्यान दिँदै प्रयोग गर्न नमिल्ने सिलिण्डर छनोट गरी नष्ट गर्ने कार्यलाई निरन्तरता दिइएको उनले बताए । सिलिण्डर नष्ट कार्यक्रममा खैरेनी नगरपालिका–९ का अध्यक्ष बन्धु चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा चितवन ग्यास विक्रेता अजय पाण्डे, पोखराका ग्यास विक्रेता नरेन्द्र पाठक, स्थानीय समाजसेवी रामचन्द्र पाठक, दिनेश सेडाई, सरोज वुर्लाकोटीको आतिथ्यता थियो ।ग्यास भर्ने बेलामा सामान्य जाँच भइरहे पनि सिलिण्डर नयाँ १० वर्षमा र त्यसपछि हरेक ५ वर्षमा ‘हाइड्रोलिक प्रेसर’ जाँच गर्नुपर्ने हुन्छ । ‘जाँच गर्दा बा·ो भएमा, लिक भएमा, मुनितिरको वा माथितिरको गोलो (रिंङ) बिग्रे भत्केमा, खिया धेरै लागेपछि वा तौल १० प्रतिशत घटेको भेंटिएमा सिलिण्डर अयोग्य ठहरिन्छ,’ उनले भने, ‘मापदण्ड अनुसार पनि त्यस्ता सिलिण्डरमा ग्यास भर्न नमिल्ने भएकोले त्यसलाई नष्ट गनुपर्ने हुन्छ ।’

यसमा तपाइको मत

Your email address will not be published.


*