बाइपासलाई पूर्णता दिलाउन उपप्रधानमन्त्री महासेठको ध्यानाकर्षण

साझाकुरा
२०८१ बैशाख १२, बुधबार ११:२२

हेटौंडा- बागमती प्रदेशका खानेपानी उर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ र संघीय सरकारका उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठबीच भेटवार्ता भएको छ ।सोमबार संघीय मन्त्री महासेठ र प्रदेशका खानेपानी मन्त्री श्रेष्ठबीच पुल्चोकस्थित मन्त्रीनिवासमा भेटवार्ता भएको हो । भेटका क्रममा मन्त्री श्रेष्ठले हेटौंडा बाइपास सडकको पूर्णताको लागि उपप्रधानमन्त्री महासेठको ध्यानाकर्षण गराए ।

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले आफ्नै कार्यकालमा हेटौंडा बाइपास सडकको सुरुवात भएको बताउँदै यसको पूर्णताको लागि सकारात्मक रहेको बताए ।छिट्टै नै बाइपास सडक निरीक्षणको लागि हेटौंडा आउने चाहना रहेको सुनाउँदै उपप्रधानमन्त्री महासेठले बाइपास सडकलाई आगामी वर्षको बजेटमा समावेश गर्ने प्रतिवद्घता व्यक्त गरे । उपप्रधानमन्त्री महासेठ र मन्त्री श्रेष्ठबीच हेटौंडा रिङरोड, अन्य क्षेत्रमा पूर्वाधार निर्माण योजना र खानेपानी क्षेत्रका विभिन्न विषयमा छलफल भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*