शिवम्को अनुगमन गर्न वडाअध्यक्षको संयोवकत्वमा समिति

साझाकुरा
२०८१ बैशाख १४, शुक्रबार १२:१६

हेटौंडा- जनताको स्वास्थ्यप्रति गैरजिम्मेवार बनेको भन्दै आन्दोलनमा रहेका हेटौंडा–१६ शिवम् सिमेन्ट क्षेत्रका स्थानीयको समस्या समाधान गर्न समिति गठन गरिएको छ ।उद्योगले सिमेन्ट उत्पादनको क्रममा प्लाष्टिकजन्य पदार्थ संकलन गरी जलाएको र लामो समयदेखि धुलोका कारण स्थानीय पीडामा परेको भन्दै आन्दोलनमा रहेका स्थानीयको
समस्या समाधानका लागि हेटौंडा–१६ का अध्यक्ष रामकृष्ण कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकामा भएको सर्बपक्षीय बैठकले आउँदो सातदिन भित्र जनताको गुनासो संबोधन हुने गरी काम गर्न उद्योगलाई निर्देशन दिँदै आवश्यक अनुगमनका लागि समिति गठन गरिएको हो । नियमित अनुमन गर्ने समितिको सहसंयोजकमा १७ नम्बरका अध्यक्ष उद्धब सत्याल र हेटौंडा उपमहानगरका वातावरण इन्जिनियर चन्दा खड्का सदस्यसचिव रहेको १८ सदस्य समिति गठन गरिएको हो ।

उद्योगले सिमेन्ट उत्पादनका लागि पेल्ने ढु·ाबाट निस्कने धुलो, सञ्चालनका क्रममा आउँने ध्वनी नियन्त्रण गर्नुपर्ने र उद्योग परिसरमा बिभिन्न स्थानबाट संकलित प्लाष्टिक जलाएको निरीक्षण गर्दै सुधारको काममा दवाब दिनका लागि समिति गठन गरिएको हो । बैठकमा बिगत १९ बर्षदेखि उद्योगले फैलाएको प्रदुषणका कारण स्थानीयमा स्वासप्रस्वासको समस्या देखिएको बताएका थिए । पटक÷पटक बैठक बस्दै सम्झौता गरेपनि उद्योग सञ्चालकले समस्या समाधानका लागि कुनै काम नगरेको बताए ।

उद्योगलाई जिम्मेवार बनाउँने काममा स्थानीयको भूमिका महत्वपूर्ण हुने भन्दै हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले समस्या समाधानका लागि जिम्मेवार बन्न उद्योग सञ्चालकलाई आग्रह गरिन् । अनुगमन समितिले आउँदो ७ दिनभित्र सकारात्मक सन्देश ल्याउने काममा उद्योगलाई सहयोगी बन्न सुझाव दिइन् । स्थानीय सरकारले स्थानीयबासीको समस्या समाधान नगरी बस्न नहुँने भन्दै सजग भएर उद्योग सञ्चालन गर्नतर्फ ध्यान दिन सुझाइन् । बैठकमा उपप्रमुख राजेश बानियाँले स्थानीयलाई खुशी बनाएर काम गर्दा मात्र उद्योगको समस्या हट्दै जाने बताए । स्थानीयलाई जति दुःख दियो उति उद्योगमा समस्या थपिने बताए ।

नगरप्रमुख लामाको अध्यक्षतामा भएको बैठकमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सहित मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी, मकवानपुरका प्रहरीप्रमुख सीताराम रिजाल, शसस्त्र प्रहरी बल मकवानपुरका प्रमुख ज्ञानप्रसाद भुर्तेल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, उद्योग संघ बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल, उद्योग संघका अध्यक्ष बद्रीनाथ शर्मा, शिवम् सिमेन्ट प्रभावित क्षेत्रका स्थानीय टोलविकास संस्थाका प्रतिनिधि र स्थानीयको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*