बागमतीका स्वास्थ्य मन्त्रीद्वारा हेटौंडा अस्पतालको अनुगमन

साझाकुरा
२०८१ बैशाख १५, शनिबार १८:२३

हेटौंडा- बागमती प्रदेशका स्वास्थ्य मन्त्रीरामेश्वर श्रेष्ठले हेटौंडा अस्पतालमा अनुगमन गरेका छन् । शुक्रबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको हेटौंडा अस्पतालमा स्वास्थ्य मन्त्री श्रेष्ठले अनुगमन गरेका हुन् ।अनुगमनमां मन्त्री श्रेष्ठले विरामीको स्वास्थ्य अवस्था बुझ्ंदै उनीहरुको स्वास्थ्यलाभको कामना गरे । अनुगमनको क्रममा मन्त्री श्रेष्ठले अस्पतालमा उपचारका लागि आएका सर्वसाधारणसँग उनीहरुले भोग्नुपरेका समस्याका बारेमा जानकारी लिए ।

अस्पतालमा भएका पानीको जारमा सर्वसाधरणका लागि पानी राखिदिन र शौचालयलाई अझ सरसफाई गर्नुका साथै महिलाका लागि सेनिटरी प्याड राखिदिन अस्पतालका प्रशासनलाई निर्देशन दिए ।हेटौंडा अस्पतालमा विरामीको भीड देख्दा र जनता अफ्ट्यारोमा परेको देख्दा आफूलाई निकै नै दुःख लागेको मन्त्री श्रेष्ठले बताए । विरामीको उपचारमा ओपीडी बढाएर भएपनि उनीहरुको स्वास्थ्यका लागि खट्न र विरामीलाई चाहिने पर्याप्त औषधिको ब्यवस्था गर्न चिकित्सकलाई निर्देशन दिए । अस्पतालमा आएका सेवाग्राहीले मन्त्री श्रेष्ठसँग स्वास्थ्य बीमाको सेवा लिन, फार्मैसीमा औषधि लिन समस्या भोग्नुपरेको गुनासो गरेका थिए ।

स्वास्थ्य मन्त्री श्रेष्ठले अस्पतालका कर्मचारीलाई सेवाग्राहीको समस्या तत्काल समाधान गर्न निर्देशन दिंदै सेवाग्राहीको समस्या समाधान गर्न मन्त्रालयले अस्पताललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री श्रेष्ठले हेटौंडा अस्पतालको स्तोरोन्नतिका लागि आवश्यक भौतिक संरचना तथा स्वास्थ्यउपकरणको अवस्थाबारे जानकारी लिंदै समस्या भए समाधान गर्न निर्देशन दिए ।

मन्त्री श्रेष्ठले अस्पतालको जनरल वार्ड, ईमरजेन्सी, सर्जीकल वार्ड, प्रसुती वार्ड, अप्रेसन थिएटर, आईसीयू, एचडीयूलगायत विभिन्न कक्षको अनुगमन गरे । हेटौंडा अस्पतालमा ईमरजेन्सी र ओपीडीमा दैनिक एकहजार भन्दा बढी सेवाग्राहीले सेवा लिने गरेका छन् । यसैबीच स्वास्थ्य मन्त्री श्रेष्ठले अस्पताललाई आवश्यक औषधि र उपकरण सक्दो उपलव्ध गराउने बताएका छन् ।

मनमोहन स्मृति विकास केन्द्र दक्षिणकाली नगरपालिका–६ फर्पिङको आयोजनामा २५ औं मनमोहन स्मृति दिवसमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । अस्पतालमा विरामी बढ्दै गएका कारण बेडको क्षमता बढाउनुका साथै डायलासिसका लागि दक्ष जनशक्ति उपलव्ध गराउन कोसिश गर्ने मन्त्री श्रेष्ठले बताए । गुंठीबाट संचालित अस्पताल र सामुदायिक अस्पताललाई ऐनमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*