बकैयालाई कराते उपाधि

साझाकुरा
२०८१ बैशाख १७, सोमबार ०९:१०

हेटौंडा- थाहा नगरपालिकामा भएको मकवानपुर जिल्लास्तरीय खुल्ला कराते प्रतियोगिताको उपाधि बकैगा गाउँपालिकाले जितेको छ ।पालुङ बहुमुखी क्याम्पसकोखेलमैदानमा भएको प्रतियोगितामा ९ स्वर्णसहित ७ रजत तथा ७ कास्यपदक हात पार्दै बकैयाले उपाधि जितेको हो । थाहानगर खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा भएको प्रतियोगितामा ६ स्वर्णपदक हात पार्दै स्वच्छन्दभैरव कराते डोजो थाहानगर चित्लाङ टिम दोस्रो भएको छ । स्वच्छन्दले २ रजत र ९ कास्य हात पारेको छ । ३ स्वर्णपदक, ४ रजतपदक र ६ कास्य जित्दै थाहा कराते डोजो तेस्रो भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ स्वच्छन्दभैरव डोजोका इनेश बलामी उत्कृष्ट खेलाडी घोषित भए । थाहा डोजोकी सुस्मिता दोङ महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भइन् । विजेता खेलाडी तथा उत्कृष्ट टिम र खेलाडीलाई शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो । थाहा नगरउपप्रमु्ख भरत गोपालीले प्रतियोगिताको उद्घाटन गरेकाथिए । गोपालीले थाहा नगरपालिकाले खेलकुद क्षेत्रको विकासको लागि सहयोग गर्दै आएको बताए । गोपालीले नगरमा आयोजना हुने सबै खेललाई समान महत्व दिएको धारणा राखे ।

प्रतियोगितामा मकवानपुरका ६ पालिकाका ९ वटा डोजोको सहभागिता रहेको प्रतियोगिताका संयोजक मानसिं दोङले जानकारी दिए । प्रतियोगितामा बकैया डोजो,स्वच्छन्दभैरव डोजो, थाहा डोजो, लेवट डोजो, मकवानपुर डोजो, बज्रवाराही डोजो, बागमती डोजो, हेटौंडा डोजो, थानाभ¥याङ डोजो र गढी डोजोको सहभागिता रहेको थियो । कार्यक्रममा थाहा–९ का अध्यक्ष राजकुमार बलामी, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर बिष्ट, सुन्दरीदेवी माविका प्रधानाध्यापक हरिकृष्ण कार्कीलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*