बागमतीबाट अवैध सालको काठ बरामद

साझाकुरा
२०८१ बैशाख १७, सोमबार ०९:१२

हेटौंडा- मकवानपुरको पूर्वीक्षेत्रस्थित बागमती गाउँपालिका–२ भुर्कुसबाट ठुलो परिमाणमा अवैध सालको चिरान काठ बरामद भएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतवार बिहान भुर्कुसटोलबाट बा.५ ख ५४०० नम्बरको टिपरमा लोड गर्दै गरेको अवस्थामा १८७ थान २१७.४२ क्यूफिट चिरान सालको काठ बरामद गरेको हो । काठसहित ट्रिपर र ट्रिपरचालक मकवानपुरगढी गाउँपालिका–२ बस्ने वर्ष २५ को आइतसिङ मोक्तानलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।काठसहित ट्रिपर र ट्रिपर चालकलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि आइतबार बिहान डिभिजन बन कार्यालय मकवानपुरलाई बुझाएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*