हेटौंडा एकेडेमीमा ‘होलिडे स्पेशल’ कक्षा

साझाकुरा
२०८१ बैशाख २०, बिहीबार ०९:१०

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–११, स्थित हेटौंडा एकेडेमी आवासीय माध्यमिक विद्यालयमा ‘होलिडे स्पेशल’ कक्षा बुधवारबाट सुरु भएको छ ।विद्यालयले पढाइसँगसँगै अतिरिक्त क्रियाकलापमार्फत् विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि योग, जुम्बा, संगीत, नृत्य, कराते, वाद्यवादन र विभिन्न विधाका खेलकुद कार्यक्रमहरु सुरु गरेको छ । नेपाल सरकारले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा दिइएको सार्वजनिक बिदाबाट सुरु गरेको क्रियाकलापहरु हरेक सार्वजनिक बिदामा विद्यालयले आफ्नो रजत जयन्तीको अवसरमा तयार पारेको आफ्नै खेलकुद मैदानमा खेलकुद गतिविधि सञ्चालन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीले जानकारी दिए ।

विद्यालयको छात्रावासमा रही अध्ययन गर्ने विद्यार्थीलाई बढी प्राथमिकता दिई र इच्छुक विद्यार्थीलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरेको सुमार्गीले बताए । खेलकुद विधा अन्तर्गत् फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन, टेनिसलगायतका खेलकुदहरु सञ्चालन हुने र स्वास्थ्य तथा शारीरिक शिक्षा अन्तर्गत्को योग र ध्यानलाई समेत मध्यनजर गर्दै विद्यार्थीहरुको शारीरिक तथा मानसिक वृत्ति विकासमा सहयोग पुग्ने विद्यालय व्यवस्थापन समितिका सदस्य अंकिता सुमार्गीले जानकारी दिइन् ।

यसै शैक्षिक सत्रमा विभिन्न अतिरिक्त क्रियाकलापमार्फत् विद्यार्थीहरुमा रहेको अन्तरनिर्हित प्रतिभा प्रस्फोटन गरिनुका साथै अध्ययन अध्यापन कार्यलाई पनि विशेष जोडका साथ अगाडि बढाइने उनले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*