हेटौंडामा शिक्षा निर्देशनालयको भवन निर्माण शिलान्यास

साझाकुरा
२०८१ बैशाख २२, शनिबार ०९:३५

हेटौंडा- हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ सिर्जना बस्तीमा शिक्षा विकास निर्देशनालय हेटौंडाको भवन निर्माण कार्य सुरु भएको छ ।बागमती प्रदेश सरकारअन्तर्गतको शिक्षा विकास निर्देशनालयको आफ्नै भवन चालु आर्थिक वर्ष २०८०÷८१ मा जग र एकतला निर्माण हुनेछ । अर्को आर्थिक वर्षमा सम्पन्न गर्नेगरी भवन निर्माणको काम थालनी गरिएको हो । भवन निर्माणको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शुक्रबार शिलान्यास गरे । यस क्षेत्रको विकासमा यो भवन निर्माणले पनि सहयोग पुगेको बताए ।

हेटौंडामा स्थानीय तहसँगको लगानीमा देखिने गरी पूर्वाधार निर्माण वा रोजगारीको काम गर्न आफुहरु तयार रहेको मुख्यमन्त्री जम्कट्टेलले बताए । करिब दुइ अर्बसम्मको लगानीमा गरिने काममा स्थानीय सरकारको सहकार्यमा गर्नका लागि आफु तयार रहेको उनले बताए । कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तानले यस भवन बहुउपयोगी हुने बताइन् ।

पहिले जग्गाको समस्याका कारण शिक्षा निर्देशनालयको भवन बनाउने रकम फ्रिज भएकाले दुइ चरणमा निर्माण गर्नुपर्ने बाध्यतामा रहेको उनको भनाई थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले हेटौंडामा प्रदेशको राजधानीका संरचना निर्माणमा आफुहरुले सहयोग गरिरहेको बताइन् ।कार्यक्रममा शिक्षा विकास निर्देशनालय हेटौंडाका महानिर्देशक दिपेन्द्र सुवेदीले ८ कठ्ठा १६ धुर जग्गामा शिक्षाको भवन निर्माण गरेपछि प्रदेशभरीका ४० हजार शिक्षकको फाइलहरु व्यवस्थित ढंगले राखिने बताए । कुल २० करोड ८५ लाख रुपैयाँ लागत स्टमिट गरिए पनि पहिलो चरणमा ३ करोड लागतमा ठेक्का लगाइएको र एक करोड ९३ लाख ६१ हजार लागतमा निर्माण गर्नेगरी सम्झौता गरिएको सुवेदीले जनाए ।

यसमा तपाइको मत

Your email address will not be published.


*