हेटौंडामा तीन दिने कला महोत्सव हुँदै

साझाकुरा
२०८१ बैशाख २२, शनिबार ०९:३७

हेटौंडा- हेटौंडामा मानवसेवा आश्रम समर्पित हेटौंडा कला महोत्सव हुने भएको छ । सटर्डे प्लेन एयरको आयोजनामा जेठ ३ गते देखि ५ गतेसम्म हेटौंडा कला महोत्सव हुन लागेको कला व्यवस्थापक दिवेश मान प्रधानले जानकारी दिए ।कला महोत्सवमा सिद्धार्थ हल, भुटनदेवी मन्दिर, पुष्पलाल पार्क, सहिद स्मारक पार्कमा, चित्र कला प्रदर्शनी कार्यपत्र, चित्रकला सिर्जना, खुल्ला चित्रकला कार्यशाला कला संवादलगायतका कार्यक्रम हुनेछन् । हेटौंडा उपमहानगर क्षेत्रका प्राकृतिक तथा सांस्कृतिक सम्पदासँग राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रत्यक्ष साक्षात्कार गराई सिर्जनामूलक वातावरण बनाउने हेतुले यो महोत्सवको परिकल्पना गरिएको आयोजकले जानकारी दिएको छ ।

हेटौंडा उपमहानगरका प्रमुख ऐतिहासिक, साँस्कृतिक तथा पुरातात्विक सम्पदाहरुको प्राचिनता, मौलिकता र जीवन्तता कायम रहने गरी ललितकलाको माध्यमबाट तिनको संरक्षण र प्रवद्र्धनमा टेवा पुग्नु आयोजकको उद्देश्य रहेको छ । प्रत्यक्ष रुपमा चित्रकला प्रदर्शनी करिब दुई हजार जनाले हेर्ने अनुमान आयोजकको छ । कार्यशाला करिब ३ हजार जनाले साक्षात्कार गर्नेछ र सामाजिक संजाल मार्फत करिब ५० हजार जनाले अवलोकन गर्ने विश्वास विश्वास लिएको आयोजकको छ ।

कला महोत्सवमा ख्याति प्राप्त वरिष्ठ कलाकार ५ र शनिवारीय कला अभियानका २० जना र हेटौंडा मकवानपुरका स्थानीय २५ गरी कुल ५० जना कलाकारहरुको प्रत्यक्ष सहभागिता रहने छ । हेटौंडा उपमहानगरपालिका भित्र रहेका पुरातात्विक महत्वका सम्पदाहरुको चित्रकला मार्फत दस्तावेजीकरण हुनेछ ।मानव सेवा आश्रमलाई सयोगार्थ हुन लागेको कार्यक्रमबाट उठेको रकम ५० प्रतिशत मानव सेवा आश्रमलाई हुने आयोजकले जनाएको छ । साढे ६ लाख खर्चको अनुमान गरिएको कार्यक्रममा ५ जना वरिष्ठ कलाकारको उपस्थिति रहने छ । महोत्सवको जेठ ३ गते सिद्धार्थ माविको हलमा उद्घाटन भइ भुटनदेवी मन्दिर परिसर, पुष्पलाल पार्क हुँदै सहिद स्मारकमा खुल्ला चित्रकला कार्यशाला समापन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*