निःशुल्क स्वास्थ शिविर

साझाकुरा
२०८१ बैशाख २३, आईतवार ११:०१

हेटौंडा-हेरौंडा उपमहानगरपालिका–१९ वडा कार्यालयको आयोजना एवम् कलेज अफ मेडिकल साईन्स (पूरानो मेडिकल कलेज, भरतपुर चितवन) को प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर भएको छ ।हेटौंडा–१९ स्थित नेवारपानी शहरी स्वास्थ्य केन्द्रमा भएको निशुल्क स्वास्थ्य शिविरमा २२ जनाको मेडिकल टिमले स्वास्य सेवा प्रदान गरेको थियो ।

शिविरबाट २८९ जनाले सेवा लिएको वडा सचिब राजेन्द्र पोखरेलले जानकारी दिए । स्वास्थ्य शिविरमा दन्त रोग, बालरोग प्रसुती रोग जनरल फिजिसियन अर्थोपिडीक सेवा प्रदान गरिएको थियो । स्वास्थ्य शिविरमा २२ जनाले दन्त जांचको सुविधा लिएको वडा अध्यक्ष नरनाथ सुवेदीले बताए ।

यसैगरी, प्रसुति जाँच सेवा २३ जनाले, फिजिसियन सेवा–१४२ जनाले, वालरोग सेवा २१ जनाले र अर्थोपेडिक सेवा ८१ जनाले लिएका थिए । ती मध्ये १५ जना बिरामीलाई थप उपचारको लागि रिफर गरिएको वडा सचिब पोखरेलले बताए । कार्यक्रमको समापनमा नगरप्रमुख मिना कुमारी लामाले स्वास्थकर्मी टिमलाई प्रशंसापत्र प्रदान गर्दै धन्यवाद दिइन ।

यसमा तपाइको मत

Your email address will not be published.


*