गौरीटारमा पौडी पोखरी र क्रिकेट मैदान निर्माणको लागि शिलान्यास

साझाकुरा
२०८१ बैशाख २४, सोमबार १२:५५

हेटौंडा- लामो समयदेखि अलपत्र बनेको हेटौंडा उपमहानगरपालिका–६, स्थित गौरीटार रंगशाला (केन्द्रीय खेलकुद प्रशिक्षण केन्द्र) मा प्रदेश सरकारले संरचना निर्माण गरिरहेको छ ।बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार गौरीटारमा अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी र क्रिकेट मैदानको शिलान्यास गरेका छन् । गौरीटार रंगशालामा धमाधम खेल पूर्वाधार निर्माण भइरहेको हो । २०८२ असार मसान्तभित्र सम्पन्न गर्ने गरी दुवै संरचनाको निमार्ण सुरु भएको प्रदेश खेलकुदका सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।

८ करोड ६३ लाखको लागतमा निर्माण हुने पोखरीमा भिआइपी प्यारापिटसहित पोखरी निर्माण हुने शिलान्यासका अवसरमा जानकारी दिइएको छ । ड्रेनसहितको क्रिकेट मैदान पनि निर्माण सुरु भएको छ । ११ करोड ७४ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानमा स्केरवोर्ड, ५ वटा पीचसहित प्यारापिट निर्माण हुने बताइएको छ ।निर्माणको शिलान्यास गर्दै प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले निर्धारित समयमै कार्यसम्पन्न गर्न सम्वन्धित पक्षलाई निर्देशन दिए । गौरीटारलाई प्रदेश सरकारले उच्चप्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको उनले बताए । प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले निर्माणकार्यलाई समयमै सम्पन्न गर्न अवश्यक सहयोगका लागि स्थानीयसँग अनुरोध गरिन् ।

केन्द्रीय खेलकुद प्रतिष्ठानकारुपमा विकास गर्ने भन्दै २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको गौरीटारमा निर्माणको गति निकै सुस्त थियो । २२ विगाहा १८ कठ्ठा १९ धुर क्षेत्रफलमा फैलिएको रंगशालामा हाल प्रदेश सरकारले ट्रयाक सहितको फुटबल मैदान र प्यारापिटको काम अन्तिम चरणमा पु¥याएको प्रदेश खेलकुद सदस्यसचिव भण्डारीले जानकारी दिए ।उनकाअनुसार रंगशाला भित्र २१ वटा संरचना बन्नेछन् । राष्ट्रिय खेलकुद परिषदले दुईवटा कभर्डहल र खेलाडी छात्राबास निर्माण गरेको थियो । त्यसपछिका योजना परिषद्को बजेटमा नपरेपछि बागमती प्रदेशले निर्माण कार्य अघि बढाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*