बागमती प्रदेशभर सरकारी कामकाजमा तामाङ र नेपाल भाषा

साझाकुरा
२०८१ बैशाख २५, मंगलवार ०८:४६

हेटौंडा- बागमती प्रदेशमा सोमबारदेखि तामाङ र नेपाल (नेवारी) भाषा पनि सरकारी कामकाजको भाषाका रुपमा लागू भएको छ । बागमती प्रदेश सरकारले सरकारीकामकाजी भाषा ऐन कार्यान्वयन सुरु गरेको हो ।काठमाडौंमा सोमबार औपचारिक रुपमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषा शुभारम्म गर्दै प्रदेश सरकारी कामकाजी भाषा ऐन–२०८० कार्यान्वयन गर्ने भएको हो । बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजनामा नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबू र तामाङ समुदायको राष्ट्रिय संगठन तामाङ घेदुङको व्यवस्थापनमा काठमाडौंको बसन्तपुरमा औपचारिक कार्यक्रम गरी ऐन कार्यान्वयनको घोषणा गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा बिहान ८ बजे ¥यालीसहित बसन्तपुर क्षेत्र परिक्रमा गरी औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो तामाङ र नेपाल भाषा सरकारी कामकाजमा लागू भएको दिनलाई प्रदेश सरकारले उत्सवको रुपमा लिएको छ । प्रदेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको थियो ।प्रदेश मन्त्रिपरिषद्को वैशाख १२ गतेको निर्णयबमोजिम नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई पनि बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा बिदा सूचना जारी गर्दै सरकारी कार्यालय भनिए पनि विद्यालयलाई सम्बोधन गरेको थिएन । सोमबार काठमाडौं महानगरपालिका, हेटौंडा उपमहानगरले मातहतका सबै विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।प्रदेश सरकारी कामकाजको भाषा ऐन, शुभारम्भ तथा भाषा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान अझै पूर्ण नरहेको बताए । नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न मुख्य रुपमा संघर्ष गर्दै आए पनि अझै पूर्णता पाउन नसकेको उल्लेख गरे । उनले इमानदार भएर संघर्ष गरे संविधानमा स्थापित गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जाने विश्वास व्यक्त गरे ।

प्रम दाहालले सबै उत्पीडित वर्ग, जाति र समुदायले असली प्रवृत्तिको पहिचान गरी पहिचान र अधिकारको राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन आग्रह गरे प्रधानमन्त्री प्रचण्डले नेपाली समाजको विशेषता र सामाजिक बनावटअनुसार सबै वर्ग, जाति, क्षेत्र, लैंि·क र समुदायको पहिचान तथा अधिकारका लागि आफूले संघर्ष गर्दै आएको बताए । प्रधानमन्त्री दाहालले भाषा आयोगमा नेवार समुदायलाई बुझेको दक्ष व्यक्ति राख्ने प्रतिबद्धता व्यक्त गरे ।गत २०८० असोज २२ मा बागमती प्रदेशसभाबाट ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ पारित गरिएको थियो । कार्तिक २३ गतेका दिन प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । राजपत्रमा प्रकाशित भएको १८० औँ दिनमा ऐन कार्यान्वयनमा जाने कानुनी व्यवस्था रहेको छ । ऐनले नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्ने व्यवस्था गरेको छ ।

नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक रहेको र सांस्कृतिक बहुलतालाई संविधानले अंगिकार गरेको र भाषिक–सांस्कृतिक विविधतालाई व्यवस्थापन गर्न व्यवस्था परिवर्तन भएकाले ऐन कार्यान्वयन जरुरी रहेको प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले बताए । भाषा ऐन कार्यान्वयन घोषणापश्चात् बागमती प्रदेश सरकार मातहत र प्रदेशका ११९ स्थानीय तहको नाम ४ भाषामा लेखिने उनले बताए ।उनका अनुसार कार्यालयको बोर्ड र लेटर हेडमा नेपाली, अंग्रेजी, तामाङ र नेपाल भाषामा नाम रहनेछ । संविधानको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न भाषा आयोगको सिफारिसमा प्रदेश सरकारले पारित गरेको ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ जारी गरेको र यो ऐन सोमबारबाट लागू हुने मन्त्री बज्राचार्यले बताए ।

हेटौंडामा पनि खुशियालीहेटौंडामा सरकारी कामकाजको भाषा ऐन २०८० कार्यान्वयनमा आएको अवसरमा खुशिलायी साट्दै ¥यालीको आयोजना गरिएको छ ।तामाङ र नेपाल भाषा दिवस मूल समारोह समिति मकवानपुरले ¥याली गरेको हो । हेटौंडाको बुद्धचोकबाट सुरु भएको ¥याली सीमाचोक, स्कुलरोड, पारिजातपथ, कान्तिराजपथ, मानसचोक हुँदै हेटौंडा–२ स्थित वनस्खण्डीसम्म पुगेर कोणसभामा परिणत भएको थियो । झाँक्री, नेवारी बाजा टोली र जातिगत संघ, संगठनका प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको थियो ।कार्यक्रम नेवाः देय् दबु बागमती प्रदेश समितिका अध्यक्ष विष्णुगोपाल महर्जनको सभाध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमको अवसरमा सभाध्यक्ष महर्जन र प्रमुख अतिथि घलानले नेवाः साँस्कृतिक संग्रहालयको पनि संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*