मकवानपुरसहितका जिल्लामा सहकारीविरुद्ध उजुरीको चाङ

साझाकुरा
२०८१ बैशाख २८, शुक्रबार ११:३६

हेटौंडा- सहकारीमा जम्मा गरेको बचतरकम हिनामिना हुने क्रम बढेसँगै सहकारी प्रतिको विश्वास घट्दो क्रममा छ । बागमती प्रदेशको काठमाडौंका सहकारीविरुद्ध उजुरी धेरै परेको तथ्यांकले देखाएको छ ।बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय अन्तर्गतको सहकारी महाशाखामा २०८१ वैशाख २३ आइतवारसम्म २७१ वटा सहकारीविरुद्ध उजुरी परेको छ । सबैभन्दा धेरै काठमाडौंका सहकारीविरुद्ध १७२ उजुरी छ भने प्रदेशको सिन्धुली, धादिङ र रसुवामा सहकारीविरुद्ध शुन्य उजुरी रहेको छ । महाशाखाको तथ्यांक अनुसार ललितपुरका ३३, भक्तपुरका १६, काभ्रेपलाञ्चोकका ७, चितवन,
रामेछाप र मकवानपुरका २÷२, सिन्धुली, दोलखा र नुवाकोटबाट एक÷एक उजुरी परेको हो ।

२०७५ मा स्थापित महाशाखामा पहिलो उजुरी १९ फागुन २०७६ मा परेको थियो । महाशाखाका कानुन अधिकृत मनोज गुप्ताका अनुसार बचतकर्ता, ऋणी र सञ्चालकको फरक–फरक प्रकृतिको उजुरी परेको हो । सञ्चालक समितिको अध्यक्ष भागेको, बचतरकम फिर्ता नगरेको, महँगो ब्याज लगाएको, सञ्चालक र अन्यले ऋण नै नतिरेको, सञ्चालकबीचको लफडा, सञ्चालक समितिको अधिकारमा हस्तक्षेप लगायत उजुरी रहेका छन् ।

बागमती प्रदेशमा बचत तथा ऋण, बहुउद्देश्यीय, कृषि, दुग्ध र अन्य गरी ३ हजार २०७ वटा सहकारी सञ्चालनमा छन् । सबैभन्दा धेरै बचत तथा ऋण १ हजार ५२४, बहुउद्देश्यीय १ हजार १४३, कृषि २५६, दुग्ध ५०, जिल्ला सहकारी संघ १३ रहेको छ । सबैभन्दा धेरै सहकारी काठमाडौंमा १ हजार ६५९, ललितपुरमा ४५०, भक्तपुरमा १८५, काभ्रेमा १८०, नुवाकोटमा १३९, धादिङमा १२०, चितवनमा १२९ मकवानपुरमा ८२, दोलखामा ८६, रसुवामा ३७, रामेछाप ७७, सिन्धुली २९ र सिन्धुपाल्चोक ३४ वटा रहेको नायवसुब्बा भीमबहादुर पाख्रिनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*