हेटौंडामा क्रिकेट टिमका प्रशिक्षक टमाटा सम्मानित

साझाकुरा
२०८१ जेष्ठ ३, बिहीबार १३:०७

हेटौंडा-नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक एवम् यु–१९ राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा बुधबार हेटौंडामा सम्मानित भएका छन् ।रोटरी क्लव अफ हेटौडाले बुधबार एक कार्यक्रमबीच नगद १ लाख रुपैयाँ राशिले टमाटालाई सम्मान गरेको हो । मातृभूमिलाई कर्मथलो बनाई नेपाली क्रिकेट खेल र खेलाडीको विकासमा मुख्यप्रशिक्षक भएर नेपाल क्रिकेट खेललाई एकदिवसीय मान्यता दिलाउन र यू १९ क्रिकेट टिमलाई पाँचपटक विश्वकप छनोट गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै टमाटालाई बुधबार सम्मान गरेको रोटरी क्लव अफ हेटौंडाका अध्यक्ष स्वागतराज प्याकुरेलले जानकारी दिए ।

टमाटालाई एक लाख राशीको भोकेशनल एक्सिलेन्स अवार्ड पनि प्रदान गरेको छ । रोटरी क्लव अफ हेटौंडाका अध्यक्ष प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा टमाटालाई सम्मान गरेको हो । कार्यक्रममा हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामा, रोटरी क्लव अफ हेटौंडाका पदाधिकारीलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*