हेटौंडामा ‘द डिस्टिङग्विस्ड जेन्टलम्यान राइड’ हुने

साझाकुरा
२०८१ जेष्ठ ४, शुक्रबार १०:४६

हेटौंडा- पुरुषहरुमा हुने प्रोस्टेट क्यान्सरको बारेमा जानकारी दिने उद्देश्यले यही जेठ ५ गते हेटौंडामा द डिस्टिङग्विस्ड जेन्टलम्यान राइड (डिजिआर) हुने भएको छ ।हेटौंडा इन्फिल्डर्स मकवानपुरले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रम बारेमा जानकारी गराएको हो । विश्वमा चर्चित मानिएको यो राइड फ्रेन्ड्स अफ रोयल इन्फिन्ड (फोरे) सँगको समन्वयमा हेटौंडामा पहिलो पटक आयोजना हुन लागेको हेटौंडा इन्फिल्डर्स अध्यक्ष राजक शाहीले जानकारी दिए । राइडमा सहभागी राइडरलाई ड्रेस कोड नै तोकिएको उनले बताए ।

राइडरले फर्मल पार्टी वेयरमा राइड गर्नेछन् । हेटौंडा–४ स्थित सुत्र लन्जबाट सुरु हुने राइड भुटनदेवी मन्दिर दर्शन गरेर हेटौंडा बजार परिक्रमा गर्दै पुनः सुत्र लन्जमा आएर समापन हुने अध्यक्ष शाहीले बताए । राइडमा रोयल इन्फिल्ड, भेस्पालगायत क्लासिक बाइक राइडर्स सहभागी हुने आयोजकले बताएको छ ।कार्यक्रममा एक सय भन्दा बढी राइडर सहभागी हुने आयोजकको अनुमान छ । कार्यक्रममा सहभागीलाई विभिन्न विधामा पुरस्कार समेत प्रदानगरिने बताइएको छ ।पुरुषमा हुने प्रोस्टेट क्यान्सर र मानसिक स्वास्थ्यको बारेमा जनचेतना दिने उद्देश्यले मे १९ तारिखका दिन विश्वभर एक लाख राइडरले बाइक राइड गर्न लागेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*