बिमला बनिन् अमर माविको क्याप्टेन

साझाकुरा
२०८१ जेष्ठ ५, शनिबार ११:०१

हेटौंडा-हेटौंडा–१ स्थित अमर माध्यमिक विद्यालयको क्याप्टेनमा बिमला दाहाल निर्वाचित भएकी छिन् । शुक्रबार भएको विद्यालयको स्कूल क्याप्टेन निर्वाचनमा कक्षा ९ मा अध्ययनरत छात्रा दाहाल निर्वाचित भएकी हुन् । यसैगरी अमर माविमा कक्षा ८ मा अध्ययनरत छात्रा नम्रता पराजुली विद्यालयको भाइस क्याप्टेन निर्वाचित भएकी छिन् । विद्यालयको क्याप्टेनमा निर्वाचित भएकी दाहालले ४९ मत र भाइस क्याप्टेनमा निर्वाचित भएकी पराजुलीले ८३ मत प्राप्त गरी विजयी भएको विद्यालयका प्रधानाध्यापक मालती उप्रेतीले जानकारी दिइन् ।

विद्यालयको क्याप्टेनमा ६ जनाले र भाइस क्याप्टेनमा ४ जनाले उम्मेदवारी दिएका थिए । विद्यालयको मनिटरमा भएको निर्वाचनमा कक्षागततर्फ कक्षा ४ मा छात्रा सुदिना बानियाँ र छात्र अर्पण थिङ, कक्षा ५ मा छात्रा खुशी आले र छात्र राज गोले, कक्षा ६ मा छात्रा रिचा आले र छात्र सनि वाइवा, कक्षा ७ मा छात्रा स्वस्तिका गोले र छात्र जीतु साह निर्वाचित भएका थिए ।यसैगरी कक्षा ८ मा छात्रा बिपिसा विक र छात्र रज्जित गजुरेल, कक्षा ९ मा छात्रा नीमा लामा र छात्र विनायक अर्याल, कक्षा १० ‘ए’ मा छात्रा ईशा जिम्बा र छात्र प्रवेश हटुवाल र कक्षा १० ‘बी’ मा छात्रा सविना थिङ र छात्र नारायण अधिकारी निर्वाचित भएको विद्यालयले जानकारी दिएको छ । विद्यालयको चौतर्फी विकासमा बालबालिकाको समेत महत्वपूर्ण भूमिका रहने भएकोले कक्षाभित्र र बाहिर हुने विभिन्न गतिविधिमा बालबालिकाको प्रत्यक्ष सहभागिता गराउन निर्वाचन प्रक्रियाको अभ्यास गरिएको बताइएको छ ।

सामाजिक विषयमा रहेको निर्वाचनसम्बन्धी विषयवस्तुलाई गरेरै सिक्ने वातावरण निर्माण गर्नका लागि र निर्वाचन सम्बन्धी सामान्य प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको विद्यालयका सप्रअडीबी बर्तौलाले बताए । मनिटर निर्वाचनमा विद्यालयका सहायक प्रधानाध्यापक बर्तौला निर्वाचन अधिकृत, शिक्षक प्रमिता विडारी, श्रृजना खतिवडाले भूमिका निर्वाह गरेका थिए ।विद्यालयको क्याप्टेन र भाइस क्याप्टेनको निर्वाचनमा मतदान अधिकृत सहायक प्रधानाध्यापक विश्वराज भण्डारी, ज्ञानु पौडेल, सन्दिपा विडारीले भूमिका निर्वाह गरेका थिए । विद्यालयको क्याप्टेन, भाइस क्याप्टेन र मनिटरका लागि २६४ जनाले मतदान गरेकोमा १० भोट बदर भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*