मोबाइल बिक्रेता व्यवसायी र प्रहरीबीच अन्तरक्रिया

साझाकुरा
२०८१ जेष्ठ ६, आईतवार ०९:०२

हेटौंडा- हेटौंडामा मकवानपुरका मोवाइल व्यवसायी र नेपाल प्रहरीबीच अन्तरक्रिया भएको छ । शनिबार मोवाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरको आयोजनामा प्रहरी र व्यवसायीबीच अन्तरक्रिया भएको हो ।म्यान मकवानपुरका अध्यक्ष नवराज चौलागाईको सभाध्यक्षता तथा नेपाल मोवाइल व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष एसीस रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ओमप्रकाश पण्डितको विशेष आतिथ्यता थियो ।

कार्यक्रममा प्रहरी निरीक्षक पण्डितले मोवाइल व्यवसायीको समस्या, बेचविखनका जटिलता, कानुनी उपचारको सवालमा जवाफ दिएका थिए । प्रायःजसो चोरीको मोवाइल विक्री गर्न आउने व्यक्तिबाट व्यवसायीले अपनाउनुपर्ने प्रक्रिया र मोवाइल बिक्री तथा मर्मतको क्रममा आउने समस्याका बारे सहजीकरण गरेका थिए ।उनले व्यवसायीलाई आफू सजग रहन सामान खरिद गर्दा र बिक्री गर्दा दुवै व्यक्तिको सम्पूर्ण कागजपत्र लिन आग्रह गरेका छन् । बजारमा चोरीका र भन्सार छलेर आएका मोवाइलहरु प्रशस्तै  भएकाले ती सामान खरिद गर्दा आउने समस्या र कानुनी प्रक्रियाबारे जानकारी गराएका थिए ।

कार्यक्रममा प्रहरी सहायक हवल्दार श्यामकुमार श्रेष्ठ, म्यान मकवानपुरका पश्चिमी क्षेत्र मनहरीका अध्यक्ष हिमशिखर ब्लोन लगायतको आतिथ्यता रहेको थियो । अन्तरक्रियामा करिब ६० जना मोवाइल व्यवसायीको सहभागिता रहेको थियो । व्यवसायीको भोगाई र समस्याहरु छलफलमा राखेका थिए । अन्तरक्रिया कार्यक्रम म्यान मकवानपुरका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपानेको संयोजकत्वमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*