पशुपतिनाथ माविका विद्यार्थीलाई शैक्षिक सामग्री

साझाकुरा
२०८१ जेष्ठ ७, सोमबार १३:३१

हेटौंडा-पशुपतिनाथ माविका विद्यार्थीलाई अध्ययनका लागि शैक्षिक सामग्री दिइएको छ । सिबिन नेपालको बालश्रम न्यूनीकरण परियोजनाले विद्यालयका ३५ जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बालबालिकालाई शैक्षिक सामग्री बितरण गरेका हुन् ।

अध्यक्ष कालाखेतीले मनहरी गाउँपालिकामा निर्वाचित भएपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गरी पालिकाबासीको सरल र सहज पहुँचमा बिस्तार गर्ने नीतिका साथ काम गरिरहेका बताए । बालबालिकाको सिकाई उपलब्धीबृद्धि गर्नका लागि पालिकाबाट कुनै कन्जुस्याईं हुन नदिने बताउँदै अध्यक्ष कालाखेतीले पशुपतिनाथ माविको भौतिक संरचना राम्रो बनेको र आगामी दिनमा शैक्षिक गुणस्तरमा क्रियाशील हुन सुझाव दिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले कक्षा ६, ७, ८ मा ९० जना भन्दा बढी विद्यार्थी भर्ना भएका कारण तीनवटै कक्षामा सेक्सन बिभाजन गर्न आवश्यक रहेको र शिक्षक अभावका कारण ९७ जना विद्यार्थी एउटै कक्षामा राखेर अध्यापन गराउन समस्या भइरहेको बताए ।मनहरी गाउँपालिका स्रोतशिक्षक बिदुर थापाले विद्यालय आफैंले समाधान गर्न नसकेको समस्यामा गाउँपालिकाले सहयोग गर्ने बताए ।

विद्यालय ब्यवस्थापन समिति सदस्य सीता नेपाली, बिष्णुमाया बल, कल्पना कार्की, सप्रअ सुशील गौतम, शिक्षक प्रतिनिधि ईश्वर रिजाल, सिबिन बाल हेल्पलाईनकी सहजकर्ता सुष्मिता बस्नेतलगायतका उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*