अमलेखगञ्ज–हेटौंडा–लोथर ‘पेट्रोलियम पाइपलाइन’ विस्तार गरिँदै

साझाकुरा
२०८१ जेष्ठ ७, सोमबार १३:३८

हेटौंडा- मकवानपुर हुँदै बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको काम छिट्टै सुरुहुने भएको छ ।मोतीहारी–अमलेखगञ्जको पाइपलाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ । अमलेखगञ्ज–लोथर ६९ किलोमिटरमा पाइपलाइनको काम सुरु गर्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जप्रमुख विनितमणि उपाध्यायले जानकारी दिए ।

‘नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययन भइरहेको छ’, उनले भने, ‘टोलीको प्रतिवेदन प्राप्त भएपछि काम थालिनेछ,’ पाइपलाइन विस्तार गरी लोथरमा एक लाख किलोलिटर पेट्रोलियमपदार्थ भण्डारण गरिने छ । मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाअन्तर्गत दोस्रोचरणको ७० प्रतिशतभन्दा बढी काम पूरा भएको बताइएको छ ।दोस्रोचरणमा भारतीय आयल निगमले बाराको अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई ‘पेट्रोल ट्याङक, दुई सय ५० किलोलिटर क्षमताका दुई ‘ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित ‘लोडिङ वे–रिफिलर’, ‘पम्प हाउस’ र प्रयोगशाला निर्माण गरेको प्रमुख

उपाध्यायले जानकारी दिए । पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङक भारतीय आयल निगमले निर्माण गर्ने सम्झौता भएको छ ।एउटै पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा अहिले ट्याङ्करबाटै पेट्रोलियमपदार्थ ल्याउनुपर्ने बाध्यता छ । पाइपलाइनबाट पेट्रोलियमपदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी खर्च जोगिने तथा वातावरणीय प्रदूषण कमगर्न सहयोग पुग्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*