८० घरधुरी चेपाङ समुदायलाई खाद्यान्न

साझाकुरा
२०८१ जेष्ठ ९, बुधबार १०:५३

हेटौंडा- मकवानपुरको राक्सिराङ गाउँपालिका–७ दामराङका ८० घरधुरी चेपाङ समुदायलाई खाद्यान्न वितरण गरिएको छ । नेपाल बौद्धविहार संस्थाले खाद्यान्न वितरण गरेको हो ।संस्थाले फुड एड प्रोजेक्ट वनरेडल कुङसिन ताईवानका प्रतिनिधि विकास महर्जन र पूर्वसांसद राजाराम स्याङ्तानको प्रमुख आतिथ्यतामा खाद्यान्न वितरण गरिएको हो । ८० घरधुरी चेपाङ समुदायलाई प्रतिघरधुरी २५ केजीका दरले ८० बोरा चामल, २ केजी दाल र २ लिटर तेल प्रदान गरिएको हो ।कार्यक्रममा गोविन्दराम चेपाङ, समाजसेवी कृष्णलाल तामाङ, जंगमान चेपाङ, पूर्णबहादुर चेपाङ, टोल सुधार समितिका अध्यक्ष अक्कल चेपाङ लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*