थाहाका ११ शिक्षकको क्रियाशील सदस्यता खारेज

साझाकुरा
२०८१ जेष्ठ ९, बुधबार ११:०१

हेटौंडा-नेपाली कांग्रेस थाहानगरले आफ्नो दलमा आवद्ध भएका शिक्षकको क्रियाशील सदस्यता खारेज गरेको छ । नेपाली कांग्रेसले आफ्नो दलमा आवद्ध ११ शिक्षकको क्रियाशील सदस्यता खारेज गरेको जानकारी ६ जेठमा थाहा नगरपालिका शिक्षा शाखाप्रमुख माधवविक्रम मल्ललाई दिएको तरुण दल थाहानगरका कार्यवाहक सभापति विक्रम गोपालीले जानकारी दिए ।

सभापति गोपालीले भने–‘अरु दलले के गर्छन् थाहा छैन, हामीले नगरपालिकाको सूचनालाई कार्यान्वयन ग¥र्यौ यो आँट अरु दलमा छ छैन हेर्न बाँकी छ ।,’ थाहा नगरपालिकाले शिक्षा मन्त्रालयको निर्देशन अनुसार २३ वैशाखमा दलमा आवद्ध शिक्षकले दलको सदस्यता नलिन आग्रह गर्दै सार्वजनिक सूचना गरेको थियो ।

नेपाली कांग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशीका अनुसार, नगरका ९ विद्यालयका ११ शिक्षकको क्रियाशील सदस्यता खारेज गरेको हो । क्रियाशील सदस्यता खारेज हुनेमा सोम तामाङ, अर्चना आले, श्याम तामाङ, ज्ञानराज कार्की, रीता कठायत, रत्नमाया गोले, वसन्तकुमार गोपाली, रुद्र गोपाली, पुस्करकुमार केसी, कमला पौडेल र जयराम अधिकारी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*