मकवानपुरमा यसअघि छुटेका बालबालिकालाई पोलियो खोप दिइने

साझाकुरा
२०८१ जेष्ठ ११, शुक्रबार १२:२०

हेटौंडा-मकवानपुरमा आगामी जेठ १३ गतेबाट पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । जेठ १९ गतेसम्म पोलियोविरुद्धको आईभीपी खोप लगाउने तयारी भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।२०७३ वैशाखदेखि २०७५ भदौसम्म भएको खोप अभावका बेला खोप लागाउन छुटेका बालबालिकालाई लक्षित गरी पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको जनस्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । मकवानपुरमा २०७३ देखि २०७५ सालमा जन्मिएका करिब २२ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको मिजारले बताए ।

बुधबार हेटौंडामा खोप अभियानबारे पत्रकारलाई अभिमुखीकरण कार्यक्रममा विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि डाक्टर सस्मिता बास्तोलाले पोलियो भाइरसबाट सर्ने संक्रामक रोग लाग्न नदिनका लागि पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको बताइन् । पोलियो रोग लागेका मानिसलाई पक्षघात हुने र मृत्युसमेत हुनसक्ने भएकाले कोही पनि बालबालिकालाई नछुटाई यो खोप लगाउनुपर्ने उनले बताइन् । ज्वरो आएको, क्यान्सर भएका र जटिल रोगका औषाधि खाइरहेकाले खोप लगाउन नहुने उनले बताइन् ।

नियमित खोप अभियानका क्रममा जन्मेको १४ हप्ता र ९ महिनाको फरकमा पोलियोविरुद्धको खोप दिइरहिएको भएता पनि २०७३ देखि २०७५ सालसम्म जन्मेका बालबालिकाले यो खोप नपाएकाले यसपाला सोही बालबालिकालाई लक्षित गरी खोप अभियान चलाइएको जनाइएको छ । जनस्वास्थ्य कार्यालयले जेठ १३ गतेदेखि विद्यालयमा केन्द्रित गरी खोप अभियान चलाइनेछ । विद्यालयमा खोप लगाउन छुटेकाको लागि स्वास्थ्य संस्थामा जेठ २६ गतेसम्मै खोप लगाउने व्यवस्था मिलाइएको जनस्वास्थ्य प्रमुख मिजारले बताए ।

देशभरमा यसअघि छुटेका साढे १४ लाखभन्दा बढी बालबालिकालाई आईपीभी खोप दिने अभियान सञ्चालन गर्ने भएको हो । नेपालले सन् २०१४ बाट सुईबाट दिइने पोलियोविरुद्धको खोप सुरु गरे पनि २०१६ देखि २०१८ को मध्यसम्म विश्वव्यापी रुपमा अभाव भएका कारण खोप दिन रोकिएको थियो । त्यसबेला विश्वबजारमा यो खोप अभाव भएका कारण ती बालबालिका खोपबाट पाउनबाट बञ्चित भएका थिए । खोपबाट बन्चित भएका बालबालिका पोलियो रोगको जोखिममा हुनसक्ने भन्दै खोप दिन लागिएको हो ।

खोप अभियानका लागि ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाईजेशन (गाभी)को सहयोग रहेको छ । डा. गौतमले अहिले बीचमा छुटेका बालबालिकालाई मात्रै खोप दिन लागिएको भन्दै यसअघि जन्मेर आइपीभी लिईसकेको र पछि जन्मेर खोप लिईसकेकाले अहिले खोप लिन नपर्ने समेत स्पष्ट पारे ।यो मुख्य रुपमा व्यक्ति–व्यक्ति बीचको सम्पर्कद्धारा फैलिन्छ । संक्रमित व्यक्तिको दिशा–पिसाब समावेश खाना वा पेयपदार्थको सेवनबाट फैलिने गर्छ । पोलियोले मूलतः पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ । खुला प्रजातिका पोलियो भाइरस तीन प्रकारका हुन्छन् र वैज्ञानिक हिसाबले ती फरक–फरक हुन्छन् । पहिला मुखबाट दिइने ओरल खोप मात्रै थियो ।

मुखबाट दिने पोेलियोको तीन टाइपमध्ये टाइप वान, टाइप टु र टाइप थ्रिमध्ये मुखबाट दिइने ओरल पोलियो भ्याक्सिन (टाइप वान र टाइप थ्री) नियमित रुपमा सञ्चालन भइरहेको छ । टाइप टु नेपालबाट धेरै अघिदेखि नदेखिएको भएपनि यसको मृतजीव मिसिएको आइपिभी भ्याक्सीन सुरु गरेको थियो । विश्व स्वास्थ्य संगठनले नै यो खोप प्रयोग गर्नको लागि विश्व समुदायलाई आह्वान गरेको थियो ।

त्यस अनुसार नेपालले पनि राष्ट्रिय खोप कार्यक्रममा समावेश ग¥यो । तर, पछि अन्तराष्ट्रियरुपमा खोपको अभावका कारण खोप कार्यक्रम दुई वर्ष बन्द भएको थियो । मुखबाट दिइने पोलियो खोप जीवित भाइरसबाट बनेको हुन्छ मुखबाट दिइने पोलियो खोपको फाइदा र बेफाइदा दुवै हुन्छ । जीवित भाइरस बनेको पोलियो खोप आन्द्रा हुँदै शरीरमा प्रवेशमा गर्छ । जुन शरीरमा संख्यात्मक रुपमा धेरै गुणा वृद्धि हुन्छ ।

नेपालमा २०७१ सालदेखि आईपीभी खोप सञ्चालन गरिएको हो । बीचको दुई वर्ष रोकिए पनि त्यसपछिको बर्षहरुमा यो खोप नियमित खोप लगाईदै आएको छ । श्वासप्रश्वासमा सघाउने मांसपेशीलाई पक्षाघातको असर परेमा मृत्यु पनि हुन सक्छ । पोलियोको उपचार छैन तर, खोप लगाएर बच्चालाई पोलियो लाग्नबाट बचाउन सकिन्छ । खोप अभियानका लागि देशभर ३४ हजरा ३५४ खोप केन्द्र तयारगरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*