हेटौंडामा कांग्रेसको कार्यकर्ता प्रशिक्षण कार्यक्रम

साझाकुरा
२०८१ जेष्ठ १३, आईतवार १३:४७

हेटौंडा- हेटौंडामा नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को कार्यकर्ता प्रशिक्षण गरिएको छ । शनिबार प्रशिक्षण विभागको आयोजनामा कार्यकर्ता प्रशिक्षण, भाषणकला र बैठक सञ्चालन प्रणालीको आयोजना गरिएको हो ।प्रशिक्षण कार्यक्रमको उद्घाटन कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ (ख) मकवानपुरका सभापति राजेश बानियाँको अध्यक्षता एवम् कांग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुखअतिथि बानियाँले कांग्रेसकै कारण मुलुकमा शान्ति स्थापना र संविधान जारी भएको जिकिर गरे । कांग्रेसले पहलकदमी लिएकै कारण तत्कालीन बिद्रोही माओवादीको १० वर्षे जनयुद्ध अन्त्य भएको उनको भनाई छ ।

व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएन भन्ने भाष्य स्थापित हुँदै गएको बताउँदै उनले व्यवस्थाप्रति जनतामा रहेको निराशालाई आशामा बदल्न कांग्रेसले पहलकदमी लिनुपर्ने बताए । सभापति बानियाँले विधि र विधानमा चल्ने एक मात्र पार्टी नेपाली कांग्रेस भएको भन्दै उनले कांग्रेसका नेताको विचार र व्यवहार एउटै हुनुपर्ने उल्लेख गरे । कार्यक्रममा डा. कृष्णप्रसाद खनाल र पार्टीका केन्द्रीयसदस्य पुष्पा भुषालले प्रशिक्षण दिएका छन् । उनीहरुले पार्टीको वर्तमान राजनीतिक अवस्थाको
बारेमा प्रशिक्षण दिएका हुन् ।

कार्यक्रममा कांग्रेसका केन्द्रीयसदस्य तथा प्रशिक्षण विभाग प्रशिक्षक पुष्पा भुषाल विशिष्ट आतिथ्यता तथा नेपाली कांग्रेस जिल्ला सभापति बुद्ध लामा, पूर्वसभापति रामचन्द्र अर्याल माइकल, रघुरमण न्यौपाने, उप–सचिव इन्दिरा न्यौपाने, मकवानपुरगढी गाउँपालिका प्रमुख दोर्जे लामा, प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*