थाहा गोल्डकपको फाइनलमा ऋषेश्वर र चित्लाङ

साझाकुरा
२०८१ जेष्ठ १५, मंगलवार १०:०७

हेटौंडा-थाहा नगरपालिकामा जारी पाचौं थाहा गोल्डकप उपाधिको लागि ऋषेश्वर ११ र चित्लाङ खेलकुद विकास समिति भिड्ने भएका छन् ।सोमबार भएको पहिलो सेमिफाइनल खेलमा ऋृषेश्वर ११ ले सक्रिय युवा क्लबलाई ८–२ को गोलअन्तरले पराजित गर्दै ऋषेश्वर फाइनल प्रवेश गरेको हो । खेलको १५औं मिनेटमा ऋृषेश्वर ११ ले पाएको पेनाल्टीलाई रिचर्ड विल्सनले सीधै आउट हानेका थिए । प्रतियोगितामा ऋषेश्वरका लागि संजोग महर्जनले १७ औं मिनेटमा पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

उनले खेलको ५७ औँ र ६० औं मिनेटमा गोल गर्दै ह्याट्रिक गर्न सफल भए । यसैगरी ऋृषेश्वरका रिचर्ड विल्सनले प्रतियोगितामा व्यक्तिगत ४ गोल गर्न सफल भए । प्रतियोगितामा ४ गोल गर्न सफल भएका रिचर्ड म्यान अफ दी म्याच घोषित भए ।ऋषेश्वरका समिरराज थोकरले ३४ औं मिनेटमा तेश्रो गोल गरेका थिए । सक्रिय युवा क्लबका लागि सुनिल शाह ठकुरीले एक गोल गरेका थिए । त्यसैगरी सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा कुर्दन एकेडेमीलाई सडेनडेथमा पराजित गर्दै चित्लाङ खेलकुद विकास समिति फाइनल प्रवेश गरेको छ । दुवै टिमले निर्धारीत समयमा २–२ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

दोश्रो सेमीफाइनल खेल २÷२ गोलको बराबरीमा सकिएपछि सडेन डेथमा पुगेको थियो । जसमा चित्लाङ खेलकुद विकास समिति बिजयी बनेर फाइनलमा पुग्न सफल बनेको छ । यस खेलमा कुर्दन एकेडेमीका लागि अनिल खड्काले २४ औं मिनेटमा र रोहितले ८२ औं मिनेटमा एक गोल गरेका थिए । चित्लाङका लागि अफ्रिकी खेलाडी फैसल जफा एक्लैले ४० र ५१ मिनेटमा दुई गोल गरेका थिए ।

जेठ १५ गते चित्लाङ खेलकुद विकास समिति र ऋृषेश्वर ११ बीच दिउँसो १ बजे फाइनल खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेताले पुरस्कार नगद २ लाख र उपबिजेताले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*