सिमेन्टका माओवादी निकट औधोगिक मजदुर समाजवादीमा

साझाकुरा
२०८१ जेष्ठ १७, बिहीबार १३:०९

हेटौंडा-हेटौंडा सिमेन्ट उद्योगमा माओवादी निकट रहेर काम गरिरहेका मजदुर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।लामो समयदेखि उद्योग सञ्चालन र नियमित तलब सुबिधाको माग सहित आन्दोलनमा रहेका अखिल नेपाल औधोगिक मजदुर संगठन इकाई कमिटीको मागप्रति कुनै पहल नभइ बेवास्ता गरेको भन्दै उनीहरुले संगठनमा बिद्रोह गरेर समाजवादी रोजेको बताएका छन् ।सरकारको महत्वपूर्ण पदमा रहँदा पनि उद्योग सञ्चालन र मजदुरको तलब सुबिधालाई बेवास्ता गर्दै पार्टीका नेताहरु आफ्नै शैलीमा अघि बढेपछि संगठनमा रहनुको कुनै औचित्य नभएको भन्दै समाजवादीमासमाहित भएको दीपकसिं थोकरले बताए । उनका अनुसार मजदुर संगठनमा रहेका ५५ सदस्यमध्य ३३ जनाले बिद्रोह गरेर नयाँ ढंगबाट अघि बढ्ने तयारी गरेको बताए ।

संगठन परित्याग गरेका उनीहरुलाई एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देल, पार्टीका केन्द्रीय सदस्य मीनाकुमारी लामा, जिल्ला अध्यक्ष बिष्णु दाहालले टीका र खादा लगाउँर्दै स्वागत गरेका थिए । पार्टीमा स्वागत गर्दै जिल्ला इन्चार्ज सिग्देलले मजदुरका सकारात्मक आन्दोलनलाई सफल बनाउका लागि पार्टी सधै सकारात्मक रहने बताइन् । हेटौंडा सिमेन्ट भित्रको बेथितिलाई चिर्दै अघि बढ्नको काममा सधै नेतृत्व मजदुरको पक्षम रहने भन्दै सरकारी स्वामित्वका उद्योग धरासायी बनाउने कामलाई रोक्नतर्फ लाग्न सुझाव दिइन् ।

समाजवादीमा समाहित भएसँगै थोकरको नेतृत्वमा नेपाल औंधोगिक मजदुर संगठन हेटौंडा सिमेन्ट इकाई कमिटी गठन गरएको छ । संगठनको बरिष्ठ उपाध्यक्षमा काशीनाथ सुवेदी, महिला उपाध्यक्ष अमृता थापा, उपाध्यक्ष भरत ठाकुर, सचिव सुरेन्द्र घलान, सहसचिव जुनु अधिकारी र कोषध्यक्षमा अनिल महासेठ चयन भएका छन् । इकाई कमिटीमा १३ जना सदस्य र ४ जना सल्लाहकार रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*