बागमती प्रदेशसभा बैठकमा नीति, कार्यक्रममाथि निरन्तर छलफल

साझाकुरा
२०८१ जेष्ठ १८, शुक्रबार १०:०४

हेटौंडा, १७ जेठ÷ बागमती प्रदेशसभाको बिहीबार बसेको बैठकमा नीति तथा कार्यक्रम माथि छलफल भएको छ । बुधबारबाट सुरु भएको बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममाथिको छलफलले बिहीवार पनि निरन्तरता पाएको हो ।छलफलमा सत्तापक्ष, प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका सांसदले आ–आफ्नो धारणा, सुझाव र सल्लाह दिएका थिए । छलफलको क्रममा सांसदले सरकारलाई भूगोलअनुसारको बजेट र योजना कार्यान्वयन गर्न सुझाव दिएका

थिए । उनीहरुले दीगो कार्यान्वयन गर्न सल्लाह दिएका थिए । बैठकमा प्रदेशसभाका सदस्यले सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रत्यक्ष रोजगारीलाई समेट्न औद्योगिक क्षेत्रको विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता नदिएकोमा चिन्ता व्यक्त गरेका थिए ।उनीहरुले पूराना औद्योगिक क्षेत्रको समस्या बुझेर ती उद्योगलाई संचालनमा ल्याउनेतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । प्रदेशसभा सदस्यले कृषिलाई उत्पादनमूखी बनाउने कार्यमा नीति तथा कार्यक्रममा थप कार्यगत योजनाहरु समावेश नभएको भन्दै सरकारले अब प्रदेशको पायक पर्ने स्थानमा प्राङ्गारिक मल काराखानाको स्थापनाको लागि बजेट विनियोजन गर्नुपर्ने माग गरे ।

बैठकमा प्रदेशसभा सदस्यले प्रदेश सरकारले भौतिक पूर्वाधार विकासको छनोट भएका योजनालाई मात्र आगामी वर्षको बजेटमा समावेश गर्न आग्रह गरे । मौसमी परिवर्तनसँगै वन डढेलोबाट हुने मानवीय एवम् वन्यजन्तु, पशुपंक्षीमा हुने क्षतिलाई न्यूनीकरण गर्न स्थानीय निकायलाई प्राविधिक उपकरणसहित सरकारले उपलब्ध गराउनुपर्ने र पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्ने बताएका थिए प्रदेशको विभिन्न जिल्लामा सरकारी विद्यालय स्थापना भएता पनि गुणस्तरीय पठन–पाठनका लागि सम्बन्धित निकाय र शिक्षकले आफ्नो भूमिका निर्वाह गर्न नसकेकोतर्फ स्थानीय अभिभावको गुनासो आएकोले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले समय–समयमा अनुगमन टोली पठाई शिक्षाको गुणस्तर सुधार गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुपर्ने उनीहरुको धारणा थियो ।

प्रदेश सरकारको अघिल्लो आर्थिक वर्षमा सनातन साँस्कृतिक प्रबद्र्धनको लागि नीति कार्यक्रममा समावेश गरी प्रत्यक जिल्लामा साँस्कृतिक उत्थानको निमित्त विभिन्न संघसंस्थाले पु¥याएको योजनालाई प्रदेश सरकारले यसवर्ष समावेश नगरेको हुँदा सरकारले अब आत्मसमीक्षा गरेर यो विषय समावेश गर्न सुझाव दिएका थिए ।सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १४ गते प्रदेशप्रमुख यादवचन्द्र शर्माले सार्वजनिकरण गरेका थिए । बागमती प्रदेशसभाको अर्को बैठक भोलि बिहीबार बिहान ११ः३० बजे बस्ने गरी बुधबारको बैठक स्थगित गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*